सुन्दरको ‘समय आएपछि’ सार्वजनिक

सुन्दरको ‘समय आएपछि’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ १६, २०७६

 काठमाडौँ । भोजपुरे कवि तथा गजलकार सुन्दर गुरुङको नवीनतम् गजलकृति ‘समय आएपछि’ विमोचन गरिएकोे छ ।

बागबजारस्थित सिटिम्याक्समा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय लगायतले संयुक्त रुपमा  उक्त कृतिको विमोचन गरिएको थियो । 
सदस्य सचिव प्रा.उपाध्यायले नेपाली साहित्यक्षेत्रमा डायास्पोराबाट महत्वपूर्ण योगदान भइरहेको बताउनु भएको थियो । उनले यसै क्रममा आएका सुन्दरका गजलमा देशप्रेम, समाजप्रेम, समसामयिक घटना र जीवनका यावत् पक्षहरू समाविष्ट भएको समेत जानकारी दिइएको थियो । 

प्राज्ञ देवी नेपालले गजलकार गुरुङको पहिलो गजल पुस्तक भए पनि स्तरीय रहेको बताए । उनले सुन्दरमा पर्याप्त गजलचेत भएको उल्लेख गरे ।

संस्कृतिविज्ञ डा. भक्त राईले गुरुङका गजल समाज, संस्कृति र जीवनका पक्षमा पाएको गरे । 

कार्यक्रममा गजलकार शितल कादम्बिनी, परिषद्का सचिव टीका चाम्लिङ र सदस्य गीता अधिकारीले कृतिबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए । जगलकार गुरङले विमोचित कृतिबाट तीन वटा गजल वाचन गरेका थिए ।