मोटरसाईकलको ट्याङ्कि भित्र लुकाई ल्याएको २४ लाखसहित एकजना सशस्त्रको नियन्त्रणमा

मोटरसाईकलको ट्याङ्कि भित्र लुकाई ल्याएको २४ लाखसहित एकजना सशस्त्रको नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २८, २०७९

धनुषा ।  मोटरसाईकलको ट्याङ्कि भित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले मंसीर २७ गते भारत घर बताउने २३ वर्षिय उमेश कुमारलाई नियन्त्रणमा लिएको छ ।

धनुषा जिल्लाको बिदेह नगरपालिका ९ इटहर्वा स्थित सीमा ईलाकाबाट    सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाईकलमा उल्लेखित रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका कुमारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रुपैयाँ तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।