नेपाल रेडक्रस सोसाइटी दमक : दीर्घ रोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

नेपाल रेडक्रस सोसाइटी दमक : दीर्घ रोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २८, २०७९

झापा ।  नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घ रोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । 

दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घ रोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क रु नौ सय ५० लिने गरेको थियो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमित रगत चढाउनुपर्ने, पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपलब्ध गराउने सहमति भएको जानकारी दिनुभयो । त्यसका लागि दमकमा स्थायी बसोबासको प्रमाण पेश गर्नुपर्ने छ । 

दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शशी राई, दमक रेडक्रसका सभापति बुढाथोकी, पूर्वसभापति लिला गुरागाईं को उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । दमक रेडक्रसले रक्तसञ्चार र सर्पदंश उपचार सेवा सञ्चालन गर्ने गरेको छ ।