'वान वर्ल्ड गभर्नमेन्ट' र 'न्यु वर्ल्ड अर्डर' कायम गर्न सिर्जीत महामारीका सम्बन्धमा सत्य र असत्य

'वान वर्ल्ड गभर्नमेन्ट' र 'न्यु वर्ल्ड अर्डर' कायम गर्न सिर्जीत महामारीका सम्बन्धमा सत्य र असत्य

विश्व बस्नेत  |  दृष्टिकोण  |  पुष २, २०७९

कुनै पनि विषयमा सत्य र असत्य दुवै हुन सक्छ । सत्य तितो हुन्छ अनि असत्य मीठो, कर्ण प्रिय र मन पर्ने । किनकि असत्यलाई बढो आकर्षक खोलमा सजाइएको हुन्छ । त्यही हिसावले प्रचार प्रसार गरिएको हुन्छ, मिडियाबाजी हुन्छ अनि साधारण मानिसले त्यसलाई सहि हो भनेर पत्याउँछन् । तर ढिलो छिटो असत्यको पर्दाफास हुन्छ अनि हामी आश्चर्यचकित हुन्छौँ जब असत्य असत्य नै रहेछ भनेर थाहा पाएपछि । 

अर्कोतिर सत्यलाई ढाकछोप गरिन्छ, लुकाइन्छ, दवाइन्छ अनि सत्य कुरा बोल्ने अथवा भन्नेहरूलाई प्रतिबन्धित गरिन्छ बद्नाम गरिन्छ । कहिलेकाहीँ ज्यान मार्ने धम्कीसम्म पनि दिइएको हुन सक्छ भने कतिको हत्यासम्म पनि गरिन्छ । सबैले सुने कै होलान् पृथ्वी सूर्यको वरिपरि घुम्छ भनेर घोषणा गर्ने वैज्ञानिकलाई अपमानित गरिएको थियो, यस्ता थुप्रै उदाहरणहरू छन् । 

असत्य बाल्नेहरू प्रायः कालो धन साथै शक्ति र पहुँच वालाहरू हुन्छन् । कुनै गम्भीर षडयन्त्रको षड्यन्त्रकारी पनि हुन सक्छन् । यस्तो षड्यन्त्र तथा असत्य व्यक्तिगत अथवा सीमित समुहको लोभ, लालच, फाइदा आदिको लागि बोलिएको वा रचिएको हुन सक्छ । जुन सर्वसाधारण अथवा आमजनताको फाइदाको विपरीत र उनीहरूलाई भलो हुने भन्दा कुभलो हुने सम्भावना बढी हुन्छ । त्यसैले त्यसलाई झुक्याएर, असत्य नै सत्य हो भनेर प्रस्तुत गरिन्छ ।

अतः असत्यलाई सत्य हो भनेर भ्रममा बसेर बाँच्नु ठीक कि सत्य कुरा तितो भए पनि पहिला नै बुझिराख्नु ठीक ? हुन त सबैले सत्य कुरा नै बुझ्नु ठीक हो भन् लान  तर व्यवहारमा कतिपय मानिस सत्य सुन्न, बुझ्न चाहँदैनन् । तर सतुरमुर्गले बालुवामा टाउको लुकाएर मलाई कसैले देख्दैन भन्ने सोचे जस्तै अन्जानमा बस्नुभन्दा जानकार भएर समस्याको सामना गर्नु नै बुद्धिमानी हो । समस्या अकस्मात आइ लाग्नुभन्दा पहिला नै बुझि राखेर तयार भई बस्नु र त्यसको कसरी प्रतिकार गर्न सकिन्छ त्यो तरिका बुझ्नु र अपनाउनुमा हामीलाई भलो हुन्छ ।

हो, कुनै कुरा सुन्दा, बुझ्दा डर मर्दो हुन सक्ला तर ढिलो छिटो हुने सत्य कुरासँग सम्झौता गर्नु नै सहि हो । जस्तो, हामी सबैलाई थाहा छ एक दिन हामी मर्नै पर्छ, यो सत्य हो । त्यो दिन आज पनि हुन सक्छ भोलि पनि, एक महिना एक वर्ष वा १०, २०, ३० वर्षपछि पनि । तर त्यो दिन आउँछ आउँछ । अनि हामी त्यसको चिन्ता लिएर बस्दैनौँ । बरु त्यसको लागि तयार भएर बस्दा जीवन साकार हुन्छ ।  

अब म यहाँ केही सत्य कुरा भन्न गइरहेको छु जुन धेरैलाई अप्रिय अथवा भयावह लाग्न सक्ला । त्यसैले जसको सुन्ने हिम्मत छैन भने  कृपया यो लेख अगाडि नपढ्नु होला । कतिले भन्लान् डर लाग्ने कुरा किन भन्नु त ? त्यो यसकारण कि, त्यो नबुझ्दा समस्या अझ गम्भीर हुन्छ । हामी झन् ठूलो समस्यामा फस्नेछौँ । हामी मात्र होइन हाम्रा सन्तान अनि सारा मानव जातिकै लागि खतरा हो । अनि हामीले सुने बुझे, त्यसलाई हुन नदिन वा टार्न केही हदसम्म सक्नेछौँ । र यसको लागि सबै एक जुट हुन जरुरी छ, त्यसैले सबैले बुझ्नु र बुझाउनु आवश्यक छ । 

संसारमा केही यस्ता व्यक्तिहरू छन् जो आफुलाई विशेष वर्ग र सर्वसाधारणभन्दा उच्च सम्झन्छन् । उनीहरू संसारकै सबै भन्दा धनी र शक्तिशाली मध्येका हुन् । उनीहरू सम्झन्छन् उनीहरू बाहेक अरू मानिस सबै बेकामी खन्चुवाहरू हुन् जसलाई उनीहरूले खसी बोकाजस्तै कुनै पनि बेला सिध्याउन पाउनुपर्छ भन्ने सोच राख्छन् । यो भिडियो हेरौँ-

DR Rima Laibow - THE GLOBALIST AGENDA
http://www.brighteon.com/2309ddb2-4c43-434d-ae46-e59736adac77

र उनीहरू चाहन्छन् उनीहरूको शक्ति, स्थान, धन आदि सदाको लागि कायमै रहोस्, कसैले खोस्न नसकोस् कसैले उनीहरूको विरोध नगरोस् । र जसरी हुन्छ त्यो स्थिति कायमै रहोस् । र यस उद्देश्यको निम्ति उनीहरूको एक संगठन छ जसलाई 'वर्ल्ड इकोनोमिक फोरम'  (WEF) भन्छन् । र यसको नाइके हो क्लाउस स्वाब भन्ने एक जना जर्मन नागरिक ।


यसको पनि गुरु भने हेनरी किसिन्जरलाई मानिन्छ । बिल गेट्सदेखि लिएर जर्ज सोरोस, एन्थोनी फाउची, मार्क जुकरवर्ग, क्यानाडाको जस्टिन ट्रडो, बेलायतको बोरिस जोनसन, जर्मनीकी एन्जेला मर्केल, फ्रान्सको इम्यान्युवल म्याक्रन, अस्ट्रेलियाको स्कट मरिसन, न्युजिल्यन्डकी ज्यासिन्डा आर्डेनहरू तथा विश्वका सबै धनाढ्य अनि शक्तिशाली व्यक्तित्वहरू डब्लुईएफका सदस्य र क्लाउस स्वाबका अनुयायीहरू हुन् ।

र, यिनीहरुको उद्देश्य जसरी पनि विश्वभरिका मानिसलाई परीक्षणात्मक खोप हानेर नियन्त्रणमा राख्नु र न्यु वर्ल्ड अडर कायम गर्नु हो । हिजोआज यिनीहरुले एउटा वाक्य अपनाएका छन् 'विल्ड ब्याक बेटर' (Build Back Better) भन्ने जसलाई सुगा रटाइ रटिरहन्छन् । र त्यो भनेको पुरानो व्यवस्थालाई मासेर उनीहरूले सोचे अनुरुपको नयाँ व्यवस्थालाई लागु गर्नु हो । यसलाई 'दि ग्रेट रिसेट' (The Great Reset)  पनि भन्छन् । क्लाउस स्वाबले भन्ने गरेको छस्: 'You will own nothing and you will be happy'  अर्थात् तिम्रो केही हुने छैन तर पनि तिमी खुसी हुनेछौ ।  हाम्रो केही नहुँदा ऊ चाहिँ खुसी वा सुखी अवश्य होला तर हामी चाहिँ हुने छैनौ यो निश्चित छ । यो कुरा राम्ररी बुझ्न जरुरी छ, अतः यसलाई अझ व्याख्या गरौँ- उनीहरूको योजना सफल भएर 'न्यु वर्ल्ड अडर' लागु भयो भने के हुन्छ, अथवा उनीहरूको 'विल्ड ब्याक बेटर' भनेको के हो बुझौँ ।

विषेश गरी बालबालिकालाई सुईबाट बचाऔँ । यहाँ स्कूल प्रशासन र शिक्षकहरू नै सुई घोचाउनुमा अग्रसर भएको पाइएको छ । अतः आमाबाबुहरू सचेत हौँ । स्कूल कलेज पठाउँदा झुटो प्रचार वा प्रलोभन आदि गरेर सुई घोचाउन सक्नेछन् । कसैले सुई नघोचाइ जाँचमा बस्न नदिने भन्न सक्नेछन् । त्यस्तालाई बरु जाँच छुटाउन परे परोस् तर सुई नघोचाउनु । विदेश जानेहरू यति बेला कुनै हालतमा विदेश नजाऔँ । पैसाको लोभमा अरू देशमा गएर मर्नुभन्दा आफ्नै देशमा आफ्नै परिवारसँग बस्नु राम्रो हो । ज्यानभन्दा पैसा ठूलो होइन । सुई घोचाउन प्रेरित गर्ने डाक्टर, नर्स, अस्पतालहरूलाई चिनी राखौँ र त्यस्ताहरुसँग सतर्क रहौँ ।

हाम्रो निजी सम्पत्ति हुँदैन, मेरो घर, मेरो गाडी, मेरो जग्गा जमीन, मेरो उद्योग व्यवसाय, मेरो परिवार, मेरो धर्म, मेरो रितिरिवाज, संस्कृति, मेरो स्वतन्त्रता, मेरो इच्छा केही भन्न पाइँदैन, हाम्रो रहनसहन, खानपिन सबै एकनास गराउँछन्,  हाम्रो जीवन उनीहरूको नियन्त्रणमा हुन्छ । उनीहरूको विरोध गर्न पाइन्न । जति बेला जे प्रयोगात्मक सुई घोचाएर हामीलाई 'जोम्बी' बनाइदिन सक्छन्, हामीले नाई नास्ति गर्न पाउने छैनौँ, न प्रतिकार गर्न सकिन्छ, न मुद्दा हाल्न सकिन्छ । निश्चित काम उनीहरूले लगाइदिन्छन् त्यो गर्यो, बस्यो, खायो, सुत्यो । त्योभन्दा बढी केही गर्न, भन्न, सोच्न पाइँदैन । पैसा हुन्न, डिजिटल 'करेन्सी' लागु हुन्छ, त्यो हामीले केमा, कहाँ, कति खर्च गर्यौं सबैको रेकर्ड हुन्छ उनीहरूसँग । उनीहरूको नीति, नियम विरुद्ध हामीले केही गर्यौं भने हाम्रो एकाउन्टबाट पैसा कट्टी हुन्छ ।

हाम्रो इच्छाअनुसार खर्च गर्न पाउने छैनौँ, स्वतन्त्र हिसाबले कतै जान, हिँड्न, घुम्न पनि पाइँदैन सिमित क्षेत्रमा बाहेक । न्यानो पार्टिकलको चिप हाम्रो शरीरमा घुसाइन्छ जसले गर्दा हाम्रो सोच पनि उनीहरूको नियन्त्रणमा हुनेछ । छुट्टाछुट्टै देश हुन्न एउटै वर्ल्ड गभर्नमेन्ट हुन्छ, एउटै धर्म (वास्तवमा अधर्म किनकि यिनीहरु धर्म नमान्ने अधर्मीहरू हुन्) हुन्छ, यहि हो उनीहरूको बिल्ड ब्याक बेटर र दि ग्रेट रिसेट अनि न्यु वर्ल्ड अडर भनेको । त्यो दिनहरू आउनेवाला छ, चिनमा करिव, करिब आइसकेको छ ।

हो, यही मन्जुर छ भने नेपालीहरू हो केही नगरी सरकार र 'यी ग्लोबलिस्ट' हरूले जे जे भन्छन् प्रतिकार नगरी खुरुखुरु मानेर बसौं । सरकार अथवा सरकारमा बस्नेहरू बिकिसकेका छन्, यिनीहरुले हाम्रो रक्षा गर्दैनन् । जनता आफै जागरुक हुनुपर्छ । गुलाम बन्नु छैन, मानिस भएर मानिसको अस्तित्व गुमाउनु छैन र पशु सरह भएर बाँच्नु छैन भने बुझ, जाग, उठ । यो खोप हाम्रो स्वास्थ्य र भलोको लागि हुँदै होइन, जबरजस्ती गर्न खोजिँदैछ, विभिन्न प्रलोभन र झुठा आश्वासन दिएर, खतरनाक रोगबाट बचाउँछ भनेर । तर न रोग खतरनाक थियो, न खोपले त्यसलाई रोक्छ, सबै झुट र भ्रम हो । हामीलाई नियन्त्रण गर्नका लागि हो । सन् २०३० सम्ममा यो व्यवस्था लागु गर्ने उनीहरूको योजना छ जसलाई एजेन्डा २०२१-२०३० (Agenda 2021-2030) नि भनिन्छ । अतः अहिले नै  जागेनौँ भने सदाको लागि हामीले हाम्रो अस्तित्व मेटाउनेछौँ । यो भिडियो हेरौँ-

UN AGENDA 21 EXPOSED - ROSA KOIRE
https://www.bitchute.com/video/XsZLVuENVxh5/

डब्लुएचओले सबै देशको नियम, कानून मिचेर स्वास्थ्यसम्बन्धी उसले भनेकै मान्नुपर्छ भनेर प्रस्ताव ल्याउन खोज्दै छ जसलाई डब्लुएचओ प्यान्डेमिक ट्रिटी (WHO Pandemic Treaty)   भनिन्छ । यस बारे यो भिडियो हेरौँ- 

URGENT!!! WHO Is Preparing to Strip the US and 194 Other Nations of Their Sovereignty
https://rumble.com/v131ghy-urgent-who-is-preparing -to-strip-the-us-and-194-other-nations-of-their-sove.html

यो पनि 'वान वर्ल्ड गभर्नमेन्ट'  र 'न्यु वर्ल्ड अर्डर' भित्राउने चाल हो । त्यति मात्र नभएर यिनीहरुले वास्तविक वा कृत्रिम नयाँ भाइरसको नाममा फेरि आतंक फैलाउने पनि धेरै सम्भावना छ । यो षड्यन्त्र ऐले सकिएको छैन निश्चिन्त भए हुन्छ । अतः यस्ता कुराहरू कुनै हालतमा स्विकार्नु हुन्न । तर मोटो रकम हजम पारेर नेताहरूले यसलाई स्विकार्न सक्छन् जसरी कोरोनाको र खोपको मामिलामा साथै एमसीसी पनि यिनीहरुले बिकेर लागु गरे । हुन त यी सब कुराहरू लागु भएमा नेताहरू आफैले पनि दुखः पाउनेछन् किनकि उनीहरूलाई त्यस व्यवस्थाले छुँदैन भन्ने छैन । तर ऐले क्षणिक लोभ, लालचा मा परेर तथा नबुझी सहमति गर्न सक्नेछन् । त्यसैले जनता होसियार हुनुपर्छ । 

अर्को कुरा अधिकांस कामहरू आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटहरूले गर्नेछन् त्यसैले धेरै मानिसको आवश्यकता उनीहरूलाई हुने छैन । जति थोरै मान्छे त्यति उनीहरूलाई कन्ट्रोल गर्न सजिलो हुन्छ । अनि ५०, ६० वर्ष काटेकाहरूलाई useless eaters अथवा बेकामी खन्चुवाहरू भनेर सिद्याइदिनेछन् । त्यसकारण बुढेसकाल अथवा लामो आयुसम्म आरामले भएको धनमा रजाइँ गरेर बसौँला भनेर कसैले पनि नसोचे हुन्छ । 

भनिन्छ यो समुह करिब ३००० व्यक्तिहरूको छ जसभित्र ३०० जना मुख्य छन् जसलाई 'कमिटी अफ थ्रि हन्ड्रेड' भन्छन् । अनि त्यसमा पनि १३ जनाको कोर ग्रुप छ भन्ने भनाइ छ । यसमा माथि उल्लेख गरि सकिएका धनाढ्य र शक्तिशाली व्यक्तिहरूबाहेक विभिन्न युरोपेली देशका राजपरिवारहरू (जस्तै बेलायतको राज परिवार) देखि पुराना बैंकिङ परिवार (रोथ्सचाइल्ड परिवार), उद्योग पतिहरू (रकफेलर परिवार), साथै चिनका सि जिनपिङ, अमेरिकाको जो बाइडेनहरू समेत यस समूहमा छन् । झट्ट हेर्दा चिन र अमेरिका दुश्मन जस्तो देखिए पनि यस षड्यन्त्रमा यिनीहरु एकमत छन् । स्मरण रहोस् कोरोना भाइरस अमेरिकाको मिलेमतोमा चीनको वुहानमा उत्पादन गरेर छाडिएको हो । कोरोना कालमा संसारका सबै मानिसको आयस्ता घट्यो तर यिनीहरु झन् धनी भए । भ्याक्सिनमा लगानी गर्ने बिल गेट्सहरू जस्ताको सम्पत्ति त झन् कैयौँ गुणाले बढ्यो । तर पनि यिनीहरुको लोभ लालच र चाहनाले विश्राम लिएको छैन । 

यिनीहरुको उद्देश्य पृथ्वीको जनसंख्या घटाउनु र बाँकी रहेकालाई सदाको लागि दास बनाउनु हो । जसको लागि अमेरिकामा 'खतरनाक हो' भनेर प्रतिबन्ध लगाएको अनुसन्धानलाई फाउचीहरूले चीनको वुहानमा सारेर गोप्य रूपमा अनुसन्धान जारी राखे । यसरी कोरोना रोग कृत्रिम रूपले ल्याबमा उत्पादन गरेर संसारभरि फैलाए । तर भाग्यवश त्यसले उनीहरूले सोचे बमोजिमको मृत्यु भएन । (हामी जनताको लागि भाग्य वश भएता पनि बिल गेट्सले एउटा भिडियोमा अन्फोच्र्युनेट्ली 'unfortunately'  हामीले सोचे जति मृत्यु भएन भनेको छ।) वास्तवमा कोरोनाको मृत्युदर साधारण रुघा खोकी जत्तिको पनि छैन, खाली षड्यन्त्र पूर्ण ढंगले मृत्यु दर बढाइएको मात्र हो । तर उनीहरूको वास्तविक उद्देश्य कोरोनाको डर देखाएर संसारै आतंकित पारेर भ्याक्सिन घोचाउनु थियो । यसले एक तीरले दुई निशाना साधेका थिए, जनसंख्या घटाउनु र अथाह पैसा कमाउनु । यसको लागि यिनीहरुले मिडिया साथै स्वास्थ्य संगठनहरू (डब्लुएचओ, एफडिए, सिडिसि, एनआईएच आदि) लाई हात लिएका थिए, अनि प्राय सबै देशका प्रशासन र नीति निर्माताहरूलाई किनेका थिए ।

मानिस पनि (डाक्टरहरू समेत) बलिका बोका भएर सरकार र डब्लुएचओहरूले भने बमोजिम रत्तिभर दिमाग नलगाइकन सुई घोचाउन अग्रसर भए । यसले हालसम्म विश्वभरि २ करोड मानिसको मृत्यु भइसकेको छ, २ अर्बभन्दा बढीले साइड इफेक्ट भोगिरहेका छन्, जस्तै मुख बाँगिने, प्यारालाइसिस, थरथर काम्ने आदि कैयौँ समस्या झेलिरहेका छन् ।

हामी डाक्टर, अस्पताल, औषधी कम्पनी र एफडिए, सिडिसिजस्ता स्वास्थ्य संगठनहरूले भनेपछि सजिलै पत्याइहाल्छौँ तर यो कुरा आम जनतालाई थाहा छैन कि यी सबै भ्रष्ट हुन् । औषधी कम्पनीहरूले अनियमितताबाट औषधी उत्पादन गरेर उपभोक्ताहरूको मृत्यु गराए पश्चात् मुद्दा परेपछि अरबौं जरिवाना तिर्न बाध्य पारिएका उदाहरणहरू थुप्रै छन् ।
विशेषज्ञहरूले भनिरहेका छन् वास्तवमा यो भ्याक्सिन नै होइन र उनीहरू यसलाई भ्याक्सिन भन्न पनि रुचाउँदैनन् । कारण यो भ्याक्सिन बनाइने सिद्धान्तले बनेको पनि होइन । अक्सर भ्याक्सिन बनाउन आठ दस वर्ष लाग्छ तर यो पाँच सात महिनामै उत्पादन गरिएको हो ।

भ्याक्सिन बनाउँदा सोही रोगको किटाणुहरूलाई कम डोजमा अथवा निस्तेज पारेर बनाइन्छ ता कि रोग लागेपछि इम्युन सिस्टमले त्यसलाई चिनेर आक्रमण गर्छ । तर यो त्यसरी बनाएको होइन । यो अर्कै एमआरएनए टेक्नोलोजी अनुसार उत्पादन गरिएको हो जुन यसअघि कहिले गरिएको थिएन । फेरि भ्याक्सिन बनाएपछि पहिला जनावरहरूमा टेस्ट गरिन्छ त्यसमा सफल भएपछि थोरै मानिसमा परीक्षण गरिन्छ अनि त्यसमा पनि सफल भएपछि मात्र जनतामा लगिन्छ । यो सन् २०१२ तिर परीक्षण गर्ने क्रममा सबै ल्याब 'एनिमल'हरू मरेपछि असफल भएर त्यागिएको थियो जुन ऐले सिधै मानिसमा परीक्षण गरिँदै छ । जसको नतिजा भयावह भइरहेको छ । बिल गेट्सले केही वर्षअघि एउटा कार्यक्रममा भनेकै थियो विश्वमा जनसंख्या बढी भइरहेको छ अनि भ्याक्सिनबाट १० देखि १५ प्रतिशत जति घटाउन सकिन्छ, त्यो भनेको १ अरब १५ करोड जति हो । प्रमाण यो भिडियोमा हेर्नुहोस्- 
Bill Gates Admits He Wants To Lower The Population Using Vaccines and Abortion
http://www.brighteon.com/e299958a-9751-4ada-a8ab-b7dce1ebbb3d

अझ जर्जिया गाईडस्टोनमा लेखिएअनुसार त पृथ्वीको जनसंख्या ५० करोडमा सिमित राख्ने योजना छ ।
The Georgia Guidestones - The plan for a New World Order
www.youtube.com/watch?v=360hDfzC03c

 
तर पनि यस षड्यन्त्र अन्तर्गत पृथ्वीमा कम्तीमा २ अर्ब मानिस घट्ने अनुमान छ । पहिला रोगले त्यसपछि खोपले अनि खाद्यान्न र इन्धनको कमीका कारण भोकमरी, जाडो आदिले । युरोप, अमेरिकामा ऐले नै यो समस्या देखिन थालेको छ । यो हिउँदमा जाडोले कक्रिएर मात्रै कैयौँ को मृत्यु हुने अनुमान छ ।

त्यस अलावा रूस–युक्रेन युद्ध चर्किएर विश्वयुद्धमा परिणत हुने सम्भावना पनि बढिरहेको छ । जसमा रूस र चीन एकतिर हुनेछन् भने पश्चिमी युरोप र अमेरिका अर्कोतिर । तर यसले अमेरिका र युरोपलाई बढी प्रभाव पार्ने अथवा विध्वंस हुने अनुमान छ । धेरैको अनुमान विपरित युद्ध हुनुमा रूस दोषी देखिए पनि वास्तविक दोषी अमेरिका र युरोपेलीहरू हुन् । र युद्ध भएको खण्डमा क्षति पनि अमेरिका र युरोपको नै बढी हुनेछ । कारण उनीहरूको भन्दा शक्तिशाली हतियारहरू रूससँग छ । 

माथि उल्लेखित धनाढ्य वर्गलाई यी नामहरूले पनि सम्बोधन गरिन्छस् ग्लोबलिस्ट, एलिट्, इल्युमिन्याटी, डाभोस कब्याल आदि । मानिससँग असंख्य पैसा, शक्ति आदि भएपछि उसमा म जे पनि गर्न सक्छु भन्ने घमण्ड हुन्छ र भगवान् बन्न खोज्छ । तर भगवान् बन्ने चाहनामा शैतान बन्छ । र अहिले यिनीहरुको हालत त्यही भइरहेको छ । पैसा र पावरले अन्धा भइरहेका छन् । ईश्वरलाई पनि चुनौती दिइरहेका छन् । यिनीहरु ईश्वर नमान्ने शैतान पूजक लुसिफरका सन्तानहरू हुन् । भ्रुण हत्या, बाल यौन शोषण, मानव बली चढाउने देखि अनेक अनैतिक क्रियाकलापमा संलग्न भइरहेका छन् यिनीहरु । जल वायु र खाद्यान्नमा नियन्त्रण र परिवर्तन, सूर्यको किरणलाई कृतिम रूपले छेक्ने, कृतिम भूकम्प अनि ज्वालामुखी गराउने आदि विनाशकारी क्रियाकलापमा समेत यिनीहरु सक्रिय भइरहेका छन् । 

कतिले सोच्लान् जनसंख्या घटाएर यिनीहरुलाई के फाइदा ? सिमित जनसंख्या हुँदा विरोधीहरू हुँदैनन् नियन्त्रणमा लिन र भने जस्तो गर्न गराउन सजिलो हुन्छ । भ्याक्सिन भनिने सुईमा ग्राफिन अक्साईड तथा सेल्फ रिप्लिकेटिङ स्पाइक् प्रोटिनजस्ता खतरनाक तत्वहरू छन् भन्ने भनाइ छ । त्यस अलावा न्यानो टेक्नोलजीका सेल्फ एसेम्लिङ चिपहरू छन् जुन कम्प्युटर र ५जी टक्नोलजीसँग कम्प्याटिबल हुन्छन् अनि रिमोटबाटै नियन्त्रण गर्न सक्नेछन् । यी टेक्नोलजीका 'प्याटेन्ट राइट'हरू बिल गेट्स, फाउचीहरूसँग छ जसअन्तर्गत भ्याक्सिन लगाएका हामी उनीहरूको सम्पत्ति हुनेछौँ । थप भ्याक्सिन र अन्य प्रविधिहरू उनीहरूले चाहे अनुरूप घुसाउँदै गएमा हाम्रो दिमागको सोच्ने शक्तिलाई पनि नियन्त्रण गर्न सक्नेछन् जसअन्तर्गत हामी मौलिक मानिस नभएर अर्ध मानिस अर्थात् यन्त्र मानव हुनेछौँ । अर्थात् मानिसलाई पनि कम्प्युटरलाई ह्याक गरेजस्तै ह्याक गर्न सकिन्छ भनेर इजरायली प्रोफेसर डुवल हरारेले खुलेआम भनिरहेको छ । यो भिडियो हेरौँ-

Dr. Harari Top Advisor to Klaus Schwab: Humans are Hackable Animals, must not be allowed Free Will
https://rumble.com/vzm89t-dr.-harari-top-advisor-to-klaus-schwab-humans-are-hackable-animals-must-not.html

यसरी मानिसलाई जोम्बी बनाउन सक्नेछन् जसलाई ट्रान्सह्युम्यानिजम् अथवा ह्युम्यान टु प्वाईन्ट ओ (२.०) पनि भनिन्छ । डा. क्यारी मडेले यसबारे राम्ररी वर्णन गरेकी छिन्, यी दुइटा भिडियोहरू हेरौँ-
Human 2.0 ? a wake-up about covid19 vaccine - dr. carrie madej
https://www.bitchute.com/video/Ofm3QnUjcIJT

The COVID-19 Injections - A Gateway to Transhumanism?
https://rumble.com/v1ah511-the-covid-19-injections-a-gateway-to-transhumanism1.html

हामी सचेत भएर प्रतिकार गर्‍यौँ भने यसलाई रोक्न सकिएला अन्यथा हामी मानव हुनुको औचित्य गुमाउनेछौँ । सदाको लागि हाम्रो अस्तित्वलाई मेटाउनेछौँ, जोम्बि बन्नेछौँ ।  अतः  सबै सचेत हौँ, जागौँ र जगाऔँ ।

जर्ज अर्वेलले सन् १९४९ मा 'नाइनटिन एटिफोर' (1984) उपन्यास लेखेका थिए । 'ग्लोबलिस्ट' हरूको प्लान सफल भयो भने हामी के हुन्छौँ, समाज के हुन्छ र संसारमा कस्तो व्यवस्था लागु हुन्छ त्यस उपन्यासमा वर्णन गरिएको छ । अतः अध्ययन गर्न सिफारिस गरिन्छ, यसलाई इन्टरनेटबाट डाउनलोड गर्न पनि मिल्छ । 

डब्लुईएफ (WEF) का सदस्य र क्लाउस स्वाबका चेलाहरू यहाँ पनि छन् । कलाउस स्वाबले भनेकै छ प्रायस् सबै देशका संसद र क्याबिनेटहरूमा समेत हाम्रा मान्छे घुसाउन सफल भएका छौँ । जसअन्तर्गत वर्ल्ड इकोनोमिक फोरम (जसलाई डेभिल्स फोरम (Devil's Forum) पनि भन्छन्) का एजेन्टहरू जसलाई योङ ग्लोबल लिडर्स (Young Global Leaders) भनिन्छ, यहाँ पनि सक्रिय छन् । जसमध्ये कांग्रेस नेता गगन थापा पनि हुन् भने, अरू राना ग्लोबल प्रा.लि. कि आस्मी राणा, पूर्व स्वास्थ्य मन्त्री निमा लामाका भाई आइडिया स्टुडियो नेपालका अध्यक्ष छिरिङ लामा, समता नेपालका प्रदीप परियार, चौधरी ग्रुपका निर्भान चौधरीजस्ता डब्लुईएफका सदस्यहरू यहाँ पनि सक्रिय छन् जसले देश र जनताको भलो पक्कै गर्ने छैनन् यस कुरालाई याद राखौँ । जसको प्रमाण हो यिनीहरु कसैले पनि यति ठूलो कोरोना षडयन्त्रको बेलामा त्यसविरुद्ध एक शब्द पनि बोलेनन् र अहिले सम्म बोलेका छैनन् । यीमध्ये विषेश गरी नेपालीले गगन थापाको गतिविधिलाई नियालेर हेर्नु आवश्यक छ । 

हाम्रो देशमा ९० प्रतिशतले सुई घोचाइसकेका छन् भन्ने भनाइ छ । सत्य के हो थाहा भएन । विशेषज्ञहरूको अनुसार सुई घोचाएकाहरू धेरैको समय अगावै मृत्यु हुनेछ । तर त्यसको विरुद्धमा लड्ने उपायहरू छन् र तिनलाई अपनाउनुमा भलो हुनेछ । सर्वप्रथम हालसम्म जति सुई हानिए ता पनि अगाडि अब थप्ने काम नगरौँ । अहिले सम्म एउटा पनि नहानेकाले कुनै हालतमा पनि न हानौँ । विषेश गरी बालबालिकालाई सुईबाट बचाऔँ । यहाँ स्कूल प्रशासन र शिक्षकहरू नै सुई घोचाउनुमा अग्रसर भएको पाइएको छ । अतः आमाबाबुहरू सचेत हौँ । स्कूल कलेज पठाउँदा झुटो प्रचार वा प्रलोभन आदि गरेर सुई घोचाउन सक्नेछन् । कसैले सुई नघोचाइ जाँचमा बस्न नदिने भन्न सक्नेछन् ।   त्यस्तालाई बरु जाँच छुटाउन परे परोस् तर सुई नघोचाउनु । विदेश जानेहरू यति बेला कुनै हालतमा विदेश नजाऔँ । पैसाको लोभमा अरू देशमा गएर मर्नुभन्दा आफ्नै देशमा आफ्नै परिवारसँग बस्नु राम्रो हो । ज्यानभन्दा पैसा ठूलो होइन । सुई घोचाउन प्रेरित गर्ने डाक्टर, नर्स, अस्पतालहरूलाई चिनी राखौँ र त्यस्ता हरुसँग सतर्क रहौँ । यति बेला सिडिसि, एफडिए, डब्लुएचओहरूसाथै नेपाल सरकार र यहाँका डाक्टरहरूको कुरा पनि नपत्याऔँ । सबै ग्लोबलिस्ट  एलिट  षड्यन्त्रकारीहरुको नियन्त्रणमा छन् । मास्क, पिसिआर टेस्ट आदि सबै झुटा हुन् भन्ने प्रमाणित भइसकेका छन् । अझै तिनमा विश्वास गर्नेहरू बुद्धि नभएका मूर्खहरू हुन् । 

यस कोरोनाको मामिलामा मानिसलाई तीन भागमा बाँड्न सकिन्छ ।

१. ती जसले यस षडयन्त्रबारे बुझिसकेका छन् र यसबारे अरुलाई चेतना जगाउने प्रयास गर्दै छन् । यो समुह नेपालमा एक प्रतिशतभन्दा पनि कम होलान् ।
२‍. ती जसले ऐलेसम्म केही बुझेका छैनन् (ignorant छन् ) अनि मिडिया र सरकारले भनेको सहि हो भनेर त्यही पत्याएर सोहि अनुसार गरिरहेका छन् । यस्तालाई आवश्यक जानकारी गराएर सचेत गराउन सकिन्छ ।
३. त्यस्ता मानिस जसले केही सुन्न, बुझ्न नै चाहँदैनन् र उनीहरू सिएनएन र बिबिसि तथा मूलाधारका पत्रपत्रिका हेरेपछि सबै कुरा जान्यौँ, हामी बाठा हौँ भन्ने सम्झन्छन् । उनीहरुलाई जति सम्झाउन खोजे पनि लाग्दैन, कन्सिपिरेसी थ्यौरी हो भन्छन् । त्यस्ता मानिस आफूलाई बाठा सम्झन्छन् तर तिनीहरू मूर्ख (stupid) हुन् । त्यस्ता मानिस पढे लेखेका विद्वान् भनाउँदाहरू पनि हुन सक्छन् । नबुझेका (ignorant) हरुलाई जानकारी दिएर बुझाउन सकिन्छ तर दिमागमा बिर्को लगाइसकेका त्यस्ता मूर्ख हरुलाई सकिँदैन । 

यसमा शायद अर्को एउटा वर्ग पनि थप्न मिल्ला कि ! 

४. ती हुनः  विदेशी (ग्लोबलिस्ट) का एजेन्टहरू जसले डलर हजम गरिसकेका छन् अनि यस षडयन्त्रलाई साथ दिइरहेका छन् यसबारे सबै कुरा जानेर, बुझेर पनि चुप लागेर बसेका स्वार्थी र अधर्मी पापीहरू । यिनीहरू मध्ये सक्रिय भई खोपको समर्थन गरेर सुई हान्न प्रेरित गर्नेहरूलाई न्युरेम्बर्ग २ लागु भएमा मृत्युदण्ड हुन सक्छ । 

यो लेख लामो भइसकेको छ अतः कोरोना रोग र खोपका दुष्परिणामहरूसँग कसरी लड्ने, खोपका कारणले हुने मृत्युबाट कसरी जोगिने अनि यस षडयन्त्रको सामना कसरी गर्ने, हामी मानिस हुनुको अस्तित्व कसरी बचाउने भन्ने महत्वपूर्ण विषयहरूमा क्रमश यस लेखको भाग २ मा प्रस्तुत गरिनेछ । 

यस बीच सबैले यो 'डाईड् सडन्ली'  डक्युमेन्ट्रि अवश्य  हेर्नुहोला- 
World Premiere: Died Suddenly
https://rumble.com/v1wac7i-world-premier-died-suddenly.html

bibasnet@yahoo.com

यो पनि 

बिल गेट्सको ईश्वर बन्ने सपना ! कोरोना भ्याक्सिन मार्फत मान्छेलाई 'ट्रयाक' र 'कन्ट्रोल' गर्ने  षडयन्त्र !!

राजनीति र मूर्खताकाे मृत्युलाई महामारीकाे स‌ंज्ञा ! डाक्टर, नर्स, स्वास्थ्यविद्, बुद्धिजीवीलाई प्रमाणित गर्न चुनौती !!

कोभिड–१९: महामारीको गम्भीरता, रोकथाम र उत्कृष्ट उपचार विधि

रहस्यको कसीमा कोभिड–१९ को भ्याक्सिन: ज्यान जोखिममा त छैन !?

'भ्याक्सिन' लगाउने कि नलगाउने ? टिम 'ए' को कुरा सुन्ने कि टिम 'बि' को ?