डा. घिमिरे र शर्माको पुस्तक लोकार्पण

डा. घिमिरे र शर्माको पुस्तक लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २, २०७९

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पसमा आज डा. हेमनाथ अधिकारी तथा भगवती शर्माको पुस्तक लोकार्पण गरियो ।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा  घिमिरेको गद्य कवितासङ्ग्रह ‘मेरा बीज अक्षरहरू’ तथा शर्माको समालोचना कृति ‘डा. हेमनाथ घिमिरे व्यक्ति र कृति’को लोकार्पण भयो ।

त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत पत्रकारिता र हिन्दी विभागका प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि दिवसले हेमनाथका कवितामा मौलिक स्वाद भएको विचार व्यक्त गर्नुभयो ।

डा. सुबोध शुक्लाले लेखकलाई कविता फाँटमा स्वागत गर्नुभयो । पूर्व राजदूत हरिकुमार श्रेष्ठ, पूर्व सहसचिव कृष्णचन्द्र घिमिरे, वरिष्ठ वकिल रामकृष्ण घिमिरे, कवि सीता भट्टराई, डा. निरज भट्टराइ , विनोद भट्टराई लगायतले कवि घिमिरेलाई शुभकामना दिनुभयो । कार्यक्रम कवि रन्जु दाहालले सञ्चालन गर्नुभएको थियो ।