नासा नेपाल : सन् २०२२ को कार्यक्रमको लागि ट्र्याक अन्वेषणको कार्य सम्पन्न

नासा नेपाल : सन् २०२२ को कार्यक्रमको लागि ट्र्याक अन्वेषणको कार्य  सम्पन्न

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ५, २०७९

काठमाडौँ । नासा नेपालको सन् २०२२ को कार्यक्रमको  लागि ट्रयाक अन्वेषण गर्ने कार्य  हालै सम्पन्न गरिएको छ ।

नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई बिश्व स्तरिय ज्ञान , सिप , र प्रविधि हस्तान्तरण गर्दै कम्तिमा एसियाली स्तरको इभेन्टमा प्रतिष्पर्धी र योग्य बनाउने उदेश्यले यस किसिमको ट्रयाक अन्वेषणकाे  अभियान सञ्चालन गरिएको  हो । जहाँ मोटर तथा मोटरसाइकल, कार्ट्स र इ–रेसिंग का एथलेट तथा अफिसियललाई छनोट गारी विदेशका ट्रयाक तथा तालिम केन्द्रहरुमा पठाइन्छ ।  

यस वर्ष नासा नेपालले एफआएम सँगको सहयोगमा भारतमा, मोटर स्पोर्टस अष्ट्रेलीया र एफआइएको सहयोगमा मलेसीयामा सो सम्वन्धि तालिममा सहभागी गराइएको हो । मोटरस्पोर्ट्सको संयोजन मोटरस्पोर्ट्स मलेसिया र इ–स्पोर्ट्सका लागि लागि सिलोन मोटरस्पोर्ट्स क्लबका प्राविधिकहरुले प्रशिक्षण दिएका थिए । त्यसैगरी बंगलोरमा अर्वानी ग्रीड सकृटका प्राविधिकले प्रशिक्षण दिएका थिए ।   

गत हप्ता  मलेसियामा सहभागी भएको मोटर स्पोर्ट्सको टिम  नेपाल फर्कि सकेको छ । जसमा सुयोग खनाल , निरज खड्का क्षेत्री , मन्चन तिवारी , भुषण कुमार श्रेष्ठ तथा जय मास्के रहेका छन् ।  

मोटरस्पोर्ट्स नेपालको संयोजनमा नेपालका १० वाइक राइडर्सको टिम समेत हालै भारतको वैंगलोरमा तालिम लिई नेपाल फर्कि सकेको जनाइएको छ । 

मोटरसाइकलको अन्तराष्ट्रिय महासंघको आर्थिक तथा नासा  नेपालको प्राविधिक सहयोगमा ८ जना राइडर तथा २ जना अफिसियल सोमा सहभागी थिए । जसमा विनोद तण्डुकर र आशिष रौनियार अफिसियल तथा  अजय श्रेष्ठ , युकेश थापा , निशल रोक्का , सन्दीप घिमिरे , आशिष गुरुङ , अमन चौधरी , श्रीहरी पौडेल ,  फर्हान मोहम्मद राइडरको सहभागिता  रहेकाे थियाे । जहाँ नेपाली राइडरहरुको प्रयोगात्मक परिक्षा समेत भएको थियो । साथै सोही ट्रयाकमा कार्टसको प्रतिष्पर्धा समेत गराइएको थियो ।   

सन् २०२३ मा समेत नासा  नेपालले भारत , थाइल्याण्ड, मलेसिया र सिंगापुरमा ट्रयाक अन्वेषण  अन्तरगत राइडर्स तथा ड्राइभरहरुलाई अवसर दिने छ ।