सशस्त्र प्रहरीद्वारा विलविजक भन्दा बढि सामान बोकेको एउटा ट्रक नियन्त्रणमा

सशस्त्र प्रहरीद्वारा विलविजक भन्दा बढि सामान बोकेको एउटा ट्रक नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ५, २०७९

  बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पथलैयाबाट पुस ३ गते राती सशस्त्र प्रहरीले विलविजक भन्दा बढि सामान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगंजले विरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ८३३४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

बिलविजक भन्दाबढि औषधी र अन्य सामान बोकेको ट्रकमा करीव ७८ प्रकारका सामाग्री रहेका छन् ।  बरामद सामान तथा ट्रक १ करोड ३९ लाख १४ हजार ४ सय १३ रुपैयाँ कायम गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी जनाएकाे  छ ।