'पहुँच भएकाहरुले बन्चरे डाँडाबाट लाभ लिइरहेका छ'

'पहुँच भएकाहरुले बन्चरे डाँडाबाट लाभ लिइरहेका छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ६, २०७९

काठमाडौँ ।  शहरी विकास मन्त्री मेटमणि चौधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन् ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइराख्या । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांस माग पुरा हुने चरणमा पनि छन् ।’

‘पहुँच भएकाहरुले बन्चरे डाँडाबाट लाभ लिइरहेका छन् । तर यहाँका गरिब, सोझा मान्छेहरु वास्तवमै मारमा परेका छन् हजुर । यसमा पनि ध्यान दिनु पर्‍याे ।’ स्थानीयबासीको भनाइमा गम्भीर हुँदै मन्त्री चौधरीले थपे, ‘हरेक ठाँउमा बदमासी गर्नेहरु हुन्छन् । त्यस्तालाई तपाईंहरु पनि पहिचान गर्नुस् । तपाईंहरु माथि सरकारले अन्याय हुन दिन्न ।’

शहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरे डाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए ।