नबिल बचत खातामा घातक रोग बीमा अन्तर्गत ६ करोड २९ लाख रुपैँया दाबी भुक्तानी

नबिल बचत खातामा घातक रोग बीमा अन्तर्गत ६ करोड २९ लाख रुपैँया दाबी भुक्तानी

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ६, २०७९

काठमाडौँ । नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता कार्यक्रम अन्तरगत ६ करोड २९ लाख रुपैँया दाबी भुक्तानी नबिल बैंकले जनाएको छ । 

नबिल बैंकका अनुसार यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी भएको छ ।  हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा सुविधा योजना अन्तर्गत बीमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको  छ ।

मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजना अन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १६ करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको छ । नबिल बैंकका अनुसार मुद्दति बाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा आवधिक जीवन बीमा हुने गरेको समेत बैकले जनाएको छ  ।