'मेरो देश नहारोस्.. 'बोलको देशभक्ति पूर्ण गीतको म्युजिक भिडियो बजारमा

'मेरो देश नहारोस्.. 'बोलको देशभक्ति पूर्ण गीतको म्युजिक भिडियो बजारमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष १५, २०७९

काठमाडौँ । डिलाईटेड नेपाल युट्युब च्यानल मार्फत नया देशभक्ति पूर्ण गीत मेरो देश नहारोस् को म्युजिक भिडियो.बजारमा आएको छ । 

राष्टिय देशभक्ति पूर्ण गीतहरूको लहरमा थपिएको नया गीत भित्र म हारे पनि मेरो देश नहारोस् भन्दै गायक श्वरुपराज आचार्य, संगीतकार पुष्कर सुनुवार र गीतकार डीपी दाहाल परिश्रमी सहकार्य रहेको छ । देशको परिचय बोकेको यस गीतमा नेपालको कला संस्कृति र प्रकृतिलाई बिशेष ग्राहीयता दिइएको छ ।यस गीतकी प्रस्तुत कर्ता रिता सिम्खडा दाहाल हुनुहुन्छ ।

यो गीत मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो ।। डिलाईटेड म्युजिक ईष्डष्टीज प्रालिले उत्पादन तथा बितरण गरेको यो गीत प्रकृतिप्रेमी, नेपाली कला र संस्कृति, भाइचारा बोकेको मिठो श्रृजना बनेको छ ।  

भिडियो सम्पादन मोहन सुनुवार, छायांकन केशव बिश्वकर्मा, एरेन्ज, रेकर्डिष्ट एबं मिक्सीड पुष्कर सुनुवारको रहेको छ । ब्यक्ति हार्न सक्छ तर देश हार्नु हुदैन भन्ने सन्देश गीतले दिएको छ ।