मुस्कान मुकारुङ राईको 'हिँड्दा हिँड्दै’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

मुस्कान मुकारुङ राईको 'हिँड्दा हिँड्दै’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष १५, २०७९

 

काठमाडौँ। भोइस अफ नेपाल सिजन ४ को नकआउट राउण्ड सम्म पुगेका गायक मुस्कान मुकारुङ राई ले ‘हिँड्दा हिँड्दै’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतकार जीवन मुकारुङको शब्दमा कमल रसाइलीको संगीत, रिकेश गुरुङको संगीत संयोजन र मुस्कान राईको मिक्सिङ तथा मास्टरिङ रहेको छ । यस्तै, बाँसुरीमा नगेन्द्र राई र मादल भुवन गन्दर्भ रहेका छन् ।

भिडियोमा अनुषा राई र मुस्कान मुकारुङ राईको मुख्य भूमिका रहेको छ भने खगेन्द्र राई, विश्व तामाङ, पूजा तामाङ र रेनुका लामाले अभिनयमा साथ दिएका छन् ।

माया मगरले निर्माण गरेको यश भिडियोलाई फरज अर्पणले छायांकन गरेका हुन् भने निर्देशन तथा सम्पादन ज्वाला राईले गरेका हुन् । यस्तै भिडियोको श्रीङ्गारमा छिरिङमा शेर्पा,लाइटमा हर्क पहाडी, यातायातमा सरण कुमार तामा रहेका छन् ।

सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङद्धारा रेकर्ड गरिएको उक्त गीतको भिडियो मुस्कान राईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

'हिँड्दा हिँड्दै’म्युजिक भिडियो यहाँ क्लिक गरेर सुन्न र हेर्न सकिन्छ