विश्वकप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै इग्ल्याण्ड

विश्वकप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै इग्ल्याण्ड

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १६, २०७६

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता आज सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा इग्ल्याण्ड र दक्षिण अफ्रिका प्रतिष्पर्धा गर्दैछन् । टस हारेर इग्ल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ ।

इग्ल्याण्डले ९ ओभरमा १ विकेटको क्षतिमा ५५ रन जोडेको छ । जेसन रोय र जोय रुटले समान २७ रनमा खेलिरहेका छन् ।

इग्ल्याण्डका आक्रामक ब्याट्सम्यान जोनी बेरस्ट्रो भने शून्य रनमा आउट भए । उनी इमरान ताहिरको बलमा विकेटकिपर क्विन्टन डि ककद्वारा समातिए ।