झापाको एक हप्ते बसाइको निष्कर्ष : जुन गोरु आए पनि कानै चिरेको हुने त हैन ?

झापाको एक हप्ते बसाइको निष्कर्ष : जुन गोरु आए पनि कानै चिरेको हुने त हैन ?

पूर्ण ओली  |  दृष्टिकोण  |  पुष १८, २०७९

मंसिर महिनाको अन्तिम हप्तामा सिराहाको मिर्चैयामा एकजना आफन्त ( कौसल बराल)को विवाहमा सम्मिलित हुन आफु र श्रीमतीसहित आफैले गाडि हाँकेर बिपी राजमार्ग हुंदै गइयो । मिर्चैयामा ३ दिन बसेर बिराटनगर  तर्फ लागियो । त्यहाँ पनि आफन्तको घरमा ३ दिन बसेर त्यसपछि झापा तर्फ लागियो ।

पहिले नै  सरसल्लाह भए अनुसार दाइ अनिरुद्ध ओलीको निवासमा बसियो । उहाँ पुर्व प्रधानध्यापक पनि हुनुहुन्छ । त्यहाँ बस्नको कारणमा उहाँ अत्यन्त पृय भएर मात्र होइन उहाँको एक्लो छोरा मनोजको यादले पनि हो ।  

अष्ट्रेलियामा पि आर पाएर 'ब्याक'मा कार्यरत भएर राम्रै कमाइ गरिरहनु भएका मनोज  देश र परिवारको मायाले आफ्नै घर झापामा फर्कनु भएको थियो । उहाँ फर्केको केहि समयपछि कोरोना चम्किन थालिसकेछ ।  सुरुमा राम्रोसँग थाहा नपाएर गम्भिर रुपमा लिन सक्नु भएन । जब उहाँलाई कोरोना भइसकेको थाहा भयो ढिला भइसकेछ ।

परिवारले आफ्नो तर्फबाट सक्दो प्रयास गर्दा गर्दै पनि बचाउन नसकेपछि परिवारबाट उहाँ सदाको लागि बिदा हुनु भयो । नेपालमा कोरोनाको कारणबाट धेरै मानिसहरुले आफन्त परिवारलाई पीडामा छोडेर जानु भएजस्तै पृय भतिज मनोजको युवा अबस्थामै भएको देहावसानले  आमाबुवा दिदी भिनाजु भान्जा भान्जी मात्र होइन हामी सबैलाई अत्यन्त मर्माहत बनायो  नै ।

भतिज मनोज काठमाडौँमा रहँदा पनि मेरै घरमा बस्न रमाउनु हुन्थ्यो । अष्ट्रेलियामा बस्ता पनि काका भनेर समय समयमा फोन गरेर भेट्न आइरहनु हुन्थ्यो । बिदेशमा उनै छोरा मनोजले कमाएको रकमले उनी आफै बसेर दूर्गापुर भव्य घर बनाउनु भयो । त्यो घरमा आउनु पर्छ काका भनेर पनि मलाई बारम्बार भनेकोले हामी त्यहि घरमा ढुक्कसँग बसियो । दाइ भाउजु तथा भतिजी तथा नाति नातिनीको साथ र आतिथ्यले रमाइलोसँग दिनहरु बिते ।  दाइ भाउजूको साथमा बसेर आपसी कुराकानीले पनि छोरा मनोजको पीडा केहि कम गराउने हाम्रो प्रयास गर्‍यौं । 

  उनै दाइ अनिरुद्रको साथमा झापामा भएका आफ्ना नातेदारको घर घरमा पुगि भेटघाट तथा खानपान गरि रमाइलो सँग समय बिताइयो । यहि अबसरमा हामीले पर्यटकिय स्थल जमुना खाडी सिमसारको अबलोकन गर्ने अवसर मिल्यो । अत्यन्त रमणीय किसिमले तयार गरिएको, बिभिन्न खेलकुद, केटाकेटीको लागि बाल रेल, पोखरीमा डुंगाको सफर बिभिन्न किसिमका रमाइला खेल र पिकनिक 'स्पट'ले केटाकेटी देखि जेष्ठ नागरिकलाई समेत मनोरन्जन दिने स्थलको रुपमा विकसित भएको पाइयो ।

अर्को रमाइलो स्थान सुरुङ्गा नगरपालिकाको उत्तरमा  ' ह्यापी  ल्याण्ड' को नाममा नीजि स्तरबाट निर्मित पार्कमा बिभिन्न रमाइला सामाग्रीसहित, साहसिक खेल जिप लाइन देखि सेल्फी डाँडा तथा पोखरीहरूमा हुने बोटिङ ले सबैलाई बिदाको दिन बिताउने अत्यन्त उत्कृष्ट मनोरन्जन गराउने स्थल पाएँ । त्यस बाहेक झापा र इलामको सिमाना नजिक चेप्टेमा पनि उत्कृष्ट बाल कृडा स्थल सहित, पिकनिक स्पट, मनोरन्जन पूर्ण साधनसहितको पार्क भएको बुझियो । उपत्यका बाहिर झापा जिल्लामा भएका यस्ता रमणीय स्थलमा आन्तरिक मात्र होइन बाह्य पर्यटक समेत लोभ्याउने साधन अन्यत्र जिल्लामा बिरलै पाइन्छन् । यसलाई पूर्वाञ्चलका सचेत नागरिकको जोस र समय अनुसारको मागलाई पुरा गर्ने प्रयास ठान्छु । दमकमा बन्दै गरेको भ्यु टावरले पनि कुनै दिन महत्वपूर्ण स्थान लिनेछ ।

पहाडतिर जडिबुटी उद्योगहरुमा लगानी गरियोस । सरकारले गाँजा खेतीलाई बैध बनाओस् । यसबाट २ नम्बर प्रदेश र पश्चिम पहाडका गरिब किसान अत्यन्त लाभान्वित हुनेछन् । त्यतिमात्र होइन यसलाई सरकारले नियन्त्रित रुपमा बिदेशी निकासि गर्ने हो भने अरबौं रुपियाको बिदेशी रकम प्राप्त गर्नेछ । पहिला अमेरिकाले बन्देज लगाएको गाँजा खेति अहिले अमेरिका, अष्ट्रेलिया लगायत पश्चिमा मुलुकहरुले यसलाई औषधिको रुपमा प्रयोग गरि बैध बनाइ सकेका छन् ।

गाउँगाउँ सम्म पिच सडकहरु तथा ठाउँ ठाउँमा सडक बत्तीहरूले पनि यसलाई गाउँबाट नगर बनाउन मद्दत पुर्‍याइरहेको महसुस भयो । सबभन्दा खड्केको कुरामा सडकको विकाससँग किसानको हितमा भने ठोस कार्य भएको देखिएन । सिँचाइको लागि केहि घरहरुमा डिप बोरिङ सहित मोर्टर राखिएको देखियो । यदि सिँचाइको राम्रो प्रबन्ध हुने हो भने झापाको उर्बर जमिनले खाद्यान्नमा अझैपनि आफ्नो जिल्ला बासीलाई बिदेशी अन्न किन्नु नपर्ने मात्र होइन राजधानीमा समेत खाद्यान्न निर्यात गर्न सक्नेछ ।

पहिला यस जिल्लाबाट खाद्यान्न भारतमा निकासि हुन्थ्यो । जुट उत्पादनको लागि त्यत्तिकै प्रख्यात थियो झापा । अझैपनि चिया, सुपारी, नरिवल, भुइँकटहर आदी खेतीमा राम्रै उत्पादन भइरहेको छ । सामुदायिक विद्यालयसँगै धेरै नीजि विद्यालयहरु चलाइएका देखिए जसमा विद्यार्थीहरु दुबैमा पर्याप्त नै भएको पाइयो । सरकारी विद्यालयको स्तर बृद्धि गर्न सरकारले क्षमतावान शिक्षकलाई  छनौट गरि राजनीतिबाट बाहिर राख्न सके शिक्षाको गुणस्तर बृद्धि हुन सक्नेछ । सरकारी स्कुलमा सिर्फ अंग्रेजी, हिसाब र विज्ञानमा जोड दिंदै नेपालको इतिहास, भुगोल र सामाजिक शिक्षा, संस्कार तथा रीति रिवाजको अध्यन गराउन उचित हुनेछ । 

म झापामा हुँदा हुँदै नया सरकार गठन भयो । अहिलेको नया सरकारले आर्थिक विकासलाई प्राथमिकतामा राखेर कार्य गर्ने हो भने सडकको बिकास गरे जसरी नहर पैनीमा बढि जोड दिन आबश्यक छ । पहाडतिर भने लिफ्टिङ डिभाइसबाट तलको नदी खोलाको पानी माथि तानेर लाने प्रविधिमा बिशेष जोड दिन उचित देखिन्छ ।

जसले गर्दा हाम्रा पहाड तीरका ठुला टार बारीमा सिँचाइको राम्रो प्रबन्ध भएर धान, गहुँ, मकै मात्र होइन तरकारी, फलफुल तथा माछा खेतीको उत्पादनले प्रशस्तै अवसर पाउने छ । यदि पानीको पर्याप्त मात्र भएमा धेरै युवाहरु स्वदेशमा बसेर ब्यवसायिक कृषि, तरकारी, माछा पालन तथा पशुपंछि ब्यवसाय गरेर स्वरोजगार बन्न सक्नेछन् । अझैपनि हाम्रा पहाडदेखि तराईसम्मका उर्बर जमिन बाँझै देखिन्छन् । यो सिर्फ पानी र युवाको अभावले हो । सरकारले भाषण र नारामा कृषकको लागि काम गरेको छ भन्छ तर ब्यबहारमा किसानको हातमा कुनै अनुदान पुग्दैन ।

मल कारखाना खोल्न ढिलाइ भइरहेको छ । भारतमा सरकारले किसानलाई गरेजस्तै बिजुलीमा, मलमा अनुदान, निशुल्क प्राविधिक सहयोग , बजारको उपलब्धता हुने हो भने नेपालमा कृषि उत्पादनमा आत्मनिर्भर हुन कुनै कठिनाइ हुंदैन । जसबाट देशको अर्बौको बजेट घाटा कम हुनेछ । 

अहिलेका नयाँ जोशिला युवाहरुले चुनाब भन्दा अघि बोलेका कुराको अडान छोड्नु हुंदैन । बिदेशी तरकारी फलफुलको आयत मात्र रोक्ने हो भने अर्बौंको तरकारी फलफुल नेपाली किसानबाट उत्पादन हुन्छ । पहाडतिर जडिबुटी उद्योगहरुमा लगानी गरियोस । सरकारले गाँजा खेतीलाई बैध बनाओस् । यसबाट २ नम्बर प्रदेश र पश्चिम पहाडका गरिब किसान अत्यन्त लाभान्वित हुनेछन् । त्यतिमात्र होइन यसलाई सरकारले नियन्त्रित रुपमा बिदेशी निकासि गर्ने हो भने अरबौं रुपियाको बिदेशी रकम प्राप्त गर्नेछ । पहिला अमेरिकाले बन्देज लगाएको गाँजा खेति अहिले अमेरिका, अष्ट्रेलिया लगायत पश्चिमा मुलुकहरुले यसलाई औषधिको रुपमा प्रयोग गरि बैध बनाइ सकेका छन् । यसतर्फ सरकारले बिशेष पहल गरोस् । 

जनतामा मर्दै गरेको आसा अहिलेका युवाहरुको उपस्थितिले सदनमा केहि न केहि गर्नेछ भन्ने जनतामा झिनो आस पलाएको छ । फेरि पनि उही पुराना नेताहरुको सल्लाहमा मात्र देश चलेमा जनता फेरि पनि निरास हुनेछन् । त्यसपछिको परिस्थिति झनै भयावह हुन सक्नेछ । त्यसैले भ्रष्टाचार बिरुद्ध जेहाद् छेड्न पनि २०४६ पछिका बिशिष्ट ब्यक्ति , मन्त्री, प्रधानमन्त्री, योजना प्रमुखहरुको सम्पति छानबीन गरियोस र कारबाहीको लागि सशक्त किसिमले कानुनको तर्जुमा गरियोस ।

जनता ललिता निवास काण्डदेखि, वाइड बढि, एनसेल, नेपाल आयल निगमको जग्गा खरिद काण्ड, सशस्त्रको भ्रष्टाचार काण्ड समेतको गहिरो रुपमा छानबीन गरियोस  भन्ने चाहन्छन् । त्यसपछि मात्र भ्रष्टाचारीको सातो जानेछ अन्यथा जुन गोरु आएपनि कानै चिरेका भन्ने उखान चरितार्थ हुनेछ । रबि लामिछाने, राजेन्द्र लिङदेनले बिचार र भाषणहरू पनि कार्यन्वयनमा आउन । साथै नेकपाको सरकार हुंदा बोलेका र थालेका धेरै योजनाहरु अत्यन्त महत्वपूर्ण छन् यसलाई पनि कार्यन्वयन गरियोस । प्रमुख कुरा भनेको कुनैपनि नियुक्तिमा हाम्रा होइन राम्रा मानिस राखेर यो संयुक्त सरकारले पुरा कार्यकाल बिताओस् शुभकामना छ । 


चाबहिल सरस्वतीनगर , काठमाण्डौ
२०७९ पौष १७