सन्ध्याकाे चक्रव्यूह : प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यतामा बखेडा !

सन्ध्याकाे चक्रव्यूह : प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यतामा बखेडा  !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २०, २०७९

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा रोक्नका निम्ति विरोध–पत्रमा हस्ताक्षर गर्ने नेपाली लेखक संघमा आवद्ध अधिकांश लेखक तथा साहित्यकारहरू आफूले गरेको उक्त हस्ताक्षरप्रति पश्चाताप गर्नेदेखि आरोप र प्रत्यारोपमा उत्रन थालेका छन ् । र, भन्न र थालेका  छन् 'सन्ध्याले डुबाइन् !’ 

प्रज्ञा–प्रतिष्ठानले मङ्सिर २५ गते बोलाएको प्राज्ञ सभामा अन्य विषयका बाबजुत आजिवन सदस्यता प्रदान गर्ने एजेन्डा राख्ना साथ सबैभन्दा टाउको दुखाइको विषय बन्यो प्रतिष्ठानको अभिलेख तथा संग्राहलय महाशाखा प्रमुख सन्ध्या पहाडीलाई । उनै पहाडीको पहलकदमीमा  बैठक रोक्न अनेकन हतकण्डा अपनाउने क्रममा ५४ जना लेखक   तथा साहित्यकारलाई हस्ताक्षर गर्न लगाई  प्रज्ञा–प्रतिष्ठानले बोलाएको प्राज्ञ सभा रोक्न माग गर्दै प्रधानमन्त्री कार्यालय र संस्कृति मन्त्रालयसमेत दबाब समेत दिएका थिए । 

 मुलुकमा आम निर्वाचन सम्पन्न भएर नेपाली कांग्रेस संसदको ठुलो दल बनेको र करिब करिब कांग्रेसकै नेतृत्वमा सरकार बन्ने चर्चा चलेको समयमा नेपाली लेखक संघकी उपाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठान कै उच्च तहकी कर्मचारी  अभिलेख तथा संग्राहलय महाशाखा प्रमुख सन्ध्या पहाडी प्राज्ञ सभा बस्ने अघिल्लो दिन अर्थात् मङ्सिर २४ गते नेपाली लेखक संघकी उपाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानमा कार्यरत कर्मचारी सन्ध्या पहाडीको अगुवाइमा विरोध–पत्रमा हस्ताक्षर गरी मिडियाबाजी गर्ने र गराउने कार्य भएको थियो । 

नेपाली कांग्रेसको सरकार बन्ने कुलपति, उपकुलपति, सदस्य सचिवदेखि प्राज्ञ सबै पदमा नियुक्ति दिने र दिलाउने भन्ने प्रलोभन दबाब दिई  लेखक–साहित्यकारलाई बोलाएर  उनले हस्ताक्षर गर्ने र गराउने कार्यको अगुवाइ उनै सन्ध्या पहाडीले  गराएकी थिइन् । उनले विरोध–पत्रमा हस्ताक्षर नगर्नेलाई प्रज्ञा–प्रतिष्ठनका नियुक्तिबाट बञ्चित गरिनेसमेत त्रास देखाएकी थिइन् । उनलाई पर्दा पछाडिबाट कुलपतिका आकांक्षी पूर्व उपकुलपति डा.विष्णुविभु घिमिरे साथ र उक्साहटमा  दिएका थिए भने प्रज्ञा–प्रतिष्ठानमा कार्यरत कर्मचारीहरू विश्वास घिमिरे, अशोककुमार चौरसिया, रोशन थापा नीरव, भरत सुवेदी लगायतले विभिन्न सञ्चार माध्यममा सम्पर्क गर्न र प्रचार गर्नलाई  उनै सन्ध्याले परिचालन गरेकी थिइन । 

प्रज्ञा–प्रतिष्ठान विरुद्धको अभियानमा लागेपछि डा. तुल्सी भट्टराईको आजीवन सदस्यता खारेजीको दबाब बढ्न थालेको छ । डा. तुल्सी भट्टराई आजीवन सदस्य बापत मासिक ५१ हजार तलब खाइरहेका डा. भट्टराईको आजीवन सदस्यतासमेत खोसिन सक्ने सम्भावना बढेको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा.जगमान गुरुङ र निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलसहितको काम चलाउ नेतृत्वले  २०७९ साउन ३० गते त्यस कार्यकालको अन्तिम प्राज्ञ सभा सम्पन्न गरिसकेको भए तापनि निहित स्वार्थपूर्तिका लागि आफ्नो  अनुकूल, स्वार्थ पूर्ण निर्णय गराउनको खातिर पुनः प्राज्ञ सभा बोलाइन लागेको भन्दै उक्त विरोध–पत्रमा नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा, नेपाली लेखक संघका महासचिव सोझो गाउँले, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य एवम् नेपाली लेखक संघका पूर्व अध्यक्ष श्रवण मुकारुङ, किशोर पहाडी लगायतले हस्ताक्षर गरेका थिए । 

यसरी नै उक्त विरोध–पत्रमा प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभु घिमिरे, पूर्व सदस्य सचिव तथा वर्तमान आजीवन सदस्य डा. तुलसी भट्टराई, लव गाउँले, महेश प्रसाईं, डा. हेमचन्द्र नेपाल, ज्ञानु अधिकारी, प्रभा बराल, निशा केसी, कृसु क्षेत्री, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्राज्ञिक चोरीको बात लागेका र प्रज्ञा–प्रतिष्ठानबाट त्यससम्बन्धी छानविनमा परेका प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, धर्म प्रसाद तिवारी, दीपक लोहनी, शंकर भारती, तुलसी हरि कोइराला, रवि प्राञ्जल, मनोज न्यौपाने, डा. शशी थापा पण्डित, नारायण सापकोटा, डा. नारायण चालिसे, विष्णुबहादुर सिंह, दिनेश अधिकारी, सविता विमलीले हस्ताक्षर गरेका छन् । 

यसैगरी मणि लोहनी, गोविन्द गिरी प्रेरणा, रन्जना निरौला, सुमन वर्षा, जयदेव भट्टराई, यादव भट्टराई, रामकाजी कोने, ठाकुर बेलवासे, भरत भारद्वाज, प्रा.डा. व्रतराज आचार्य, विनोद दाहाल, सुदर्शन आचार्य, चिरन्जीवी, बाबु त्रिपाठी, विसुकुमार केसी, कुलचन्द्र वाग्ले, प्रोल्लास सिन्धुलीय, रामप्रसाद अधिकारी, केशव पाठक, वसन्त गौतम, विशाल पहाडी र वियोगी बुढाथोकीले हस्ताक्षर स्पष्टै देखिन्छ । 

चाँडै गठन हुन लागेको प्राज्ञ परिषद् तथा प्राज्ञ सभामा नियुक्तिको दौडधुपमा लागेका तर अचानक राजनीतिक घटनाक्रम परिवर्तन भई वामपन्थी वर्चश्व कै सरकार बन्ने र प्रज्ञा–प्रतिष्ठानमा पनि सरकार पक्षधर मध्येकै लेखक तथा साहित्यकारहरूको नियुक्ति हुने पक्का भएपछि हस्ताक्षर कर्ताहरू पश्चताप गर्न थालेका छन्  ।

यस घटनाक्रमबाट सबैभन्दा बढी पिडा हस्ताक्षर तथा विरोध अभियानकी अगुवा सन्ध्या पहाडी कै हुन थालेको छ । उनलाई अब आफ्नो जागिर के हुने होला ?  डर आफ्नै साथीहरुसँग डर व्यक्त गर्न थालेकी एक सहकर्मीले लोकसंवादलाई जानकारी दिएकी छन् । 

यसैगरी कुलपतिका आकांक्षी डा. विष्णुविभु घिमिरे,  प्रा.डा. व्रतराज आचार्य,  डा. तुलसी भट्टराई,  श्रवण मुकारुङ,  प्रा.डा. लक्ष्मणप्रसाद गौतम,  प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई तनाब भएको हस्ताक्षरकर्तामध्येका एक साहित्यकारले जानकरी दिएका छन्  । उनीहरू आफ्नो नियुक्ति हुनेमा ढुक्क थिए । राजनीतिक परिवेश फेरिए सँगै अब उनीहरू सबैतिरबाट पाँच वर्ष 'रिङआउट' हुने त हुने नै भए तर प्राज्ञ प्रतिष्ठान कि कर्मचारी सन्ध्या पहाडीको बारम्बार फोन पश्माचात  प्रतिष्ठान मै आएर हस्ताक्षर गरेकोमा भने गुनासो समेत गर्ने गरेका छन् । 

सन्ध्यालाई संकट !

नेपाली कांग्रेसको सरकार बन्छ र आफू अनुकुल डा. विष्णुविभु घिमिरे वा  डा. तुलसी भट्टराईलाई उपकुलपतिमा ल्यउँला र प्रज्ञ प्रतिष्ठानमा मनोमानी वा भन्सारका उपयोग गर्ने कुत्सित मनसायका साथ हस्ताक्षर गर्ने कार्यको अगुवाइ गरेकी पहाडीलाई भने ठुलै संकट आई लागेकाे हो  ।१५ दिन अगाडि सबैलाई प्राज्ञ परिषद् तथा प्राज्ञ सभामा नियुक्तिको आश्वसन बाँडेकी पहाडीको ५४ जनाको अगाडी मुख देखाउन नसक्ने अवस्था सृजना भएको छ । 

 यसअघिका प्राज्ञ परिषद्का कार्यकालमा एक छत्र हालीमुहाली गर्दै आएकी सन्ध्या पहाडीलाई अब प्रज्ञा–प्रतिष्ठानको जागिर खाइरहने कि राजीनामा दिने भन्ने तनाब व्यक्त गर्न थालेकी छन् । पहाडीको छुद्र व्यवहारका कारण  अब गठन हुने प्राज्ञ परिषद् र सभामा कोटा माग्न समेत नैतिक संकट उत्पन्न भए पछि उनकाे विरोध भएको हाे । प्राज्ञ परिषद्, प्रज्ञा सभा र निवर्तमान नेतृत्वका विरुद्ध सन्ध्या पहाडीले बदला लिन र आफ्नो स्वार्थ सिद्ध गर्न गरेको विरोध–पत्रमा हस्ताक्षर गर्दा सबै जना एक साथ डुबियो एक हस्ताक्षर कर्ताले गुनासो गरे । 

आजीवन सदस्य नै हस्ताक्षर अभियानमा !

 प्रज्ञा–प्रतिष्ठान विरुद्धको अभियानमा लागेपछि डा. तुल्सी भट्टराईको आजीवन सदस्यता खारेजीको दबाब बढ्न थालेको छ । डा. तुल्सी भट्टराई आजीवन सदस्य बापत मासिक ५१ हजार तलब खाइरहेका डा. भट्टराईको आजीवन सदस्यतासमेत खोसिन सक्ने सम्भावना बढेको छ । ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ प्राज्ञ सदस्यता र आजीवन सदस्यता प्रदान गर्ने मापदण्ड– २०६९’ प्राज्ञ परिषद्, सभा र संस्थाविरुद्ध बोलेमा, लेखेमा वा त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा त्यस्तो सदस्यता खारेज गर्न सकिने व्यवस्था रहेको छ ।  


सिफारिस गर्ने र प्राप्त गर्ने दुबै विरुद्धमा !

लेखक तथा साहित्यकारहरु राजनीतिक आग्रह पूर्वाग्रहमा कति हदसम्म  गिर्न तयार हुन्छन भने गत मंसिर २४  प्रज्ञा–प्रतिष्ठानले मङ्सिर २५ गते बोलाएको प्राज्ञ सभाको बैठक रोक्नका लगि गरिएको हस्ताक्षरले प्रस्ट पारेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ प्राज्ञ सदस्यता र आजीवन सदस्यता प्रदान गर्ने मापदण्ड– २०६९’ अनुसार उपकुलपतिको संयोजकत्वमा समिति बनाउने उक्त समितिको सिफारिसमा आजीवन सदस्यता प्रदान गर्न व्यवस्था छ । सोही व्यवस्था अनुसार तत्कालिन उपकुलपति डा. विष्णुविभु घिमिरेको संयोजकत्वमा रहेको समितिको सिफारिसमा डा. तुल्सी भट्टराईलाई आजीवन सदस्यता प्रदान गरिएको थियो । अनौठो संयोग के देखिएको छ भने त्यसबेलाका सिफारिस कर्ता डा. विष्णुविभु घिमिरे र आजीवन सदस्यता प्राप्त गर्ने डा. तुल्सी भट्टराई दुबै जना नयाँलाई आजीवन सदस्यता दिन नहुने अभियानमा लागेका थिए ।