गरिमा विकास बैंकको १६औं साधारण सभा: ६६ करोड ५६लाख  लाभांश प्रस्ताव पारित

गरिमा विकास बैंकको १६औं साधारण सभा: ६६ करोड ५६लाख  लाभांश प्रस्ताव पारित

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २२, २०७९

काठमाडौं  । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको सोह्रौँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी  ४ अर्ब५९ करोड,०८ लाख ७३ हजार ५सय  रुपयाँ ८९  पैसा  को १३ प्रतिशत बराबर बोनस शेयर बापत रु. ५९करोड ६८ लाख १३हजार ५५ सय ५ रुपयाँ २५ पैसा  १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) रु. ६, करोड ८८लाख ६३ हजार १सय २सय ५३ रुपयाँ गरी गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम  ६६ करोड ५६लाख ७६हजार ६ सय ५७ रुपयाँ ७८  पैसा  लाभांश प्रस्ताव पारित भएको छ । यस पश्चात, यस विकास बैंकको चुक्ता पुजी रु ५ अर्ब १८करोड ७६लाख८७हजार ५७ रुपयाँ १४ पैसा  पुग्ने छ । 

त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरूलाई सम्मान गरिएको बैंकले जनाएको  छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पुतलीबजार शाखा, दोस्रो इमाडोल शाखा, तेस्रो बयर घारी शाखा र चौथोमा हेम्जा शाखा लाई सम्मान गरिएको थियो ।