सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघमा मन केसी

सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघमा मन केसी

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २३, २०७९

काठमाडौँ । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेड (निक्कु) दसौँ वार्षिक साधारण सभा २०७९ पुस २३ गते  शनिवार काठमाडौँमा सम्पन्न भएको छ । 

साधारण सभाले निवर्तमान सांसद मनकुमारी केसीको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको सर्वसम्मतिले चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रदेश १ कि निवर्तमान उपसभामुख सरस्वती पोखरेल, महासचिवमा लेखनाथ ढकाल, कोषाध्यक्षमा नवराज छत्कुलीलाई चयन गरेको छ भने सञ्चालक सदस्यहरूमा सीता वौडेल, भेषराज पाण्डे, मेघराज गौतम, खिमबहादुर कार्की, विजन  पोखरेल, राम सुवेदी, आस्था के.सी., लेखनाथ सिकारु र लक्ष्मी बोहरालाई सर्वसम्मतिले चयन गरेको छ ।

त्यसै गरी लेख परीक्षण सुपरिवेक्षण समितिको संयोजकमा राजेन्द्र कुमार के.सी. र सदस्यहरूमा श्याम खड्का र दानबहादुर गुरुङलाई चयन गर्ने  सभामा अध्यक्ष विष्णुहरि ढकालद्वारा प्रस्तुत प्रतिवेदनलाई सर्वसम्मतिले पास समेत गरेको थियो ।