विकल त्यागीको गीत सङ्ग्रह ‘आमआलाप’ विमोचन

विकल त्यागीको गीत सङ्ग्रह ‘आमआलाप’ विमोचन

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २४, २०७९

काठमाडौँ । कवि तथा गीतकार विकल त्यागी ९प्रकाश गुरुङ०द्वारा रचित गीतहरूको सङ्ग्रह ‘आमआलाप’ विमोचन गरिएको छ । शनिबार बागबजारस्थित सिटीम्याक्सको सभाहलमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा वरिष्ठ गीतकार प्रा।डा। कृष्णहरि बराल तथा सङ्गीतकार वसन्त मुकारुङले संयुक्तरूपमा ‘आमआलाप’को विमोचन गरेका हुन् ।
विमोचन समारोहमा बोल्दै समारोहका प्रमुख अतिथि प्रा।डा। बरालले कवि तथा गीतकार त्यागीका गीतहरूले भावकका मन र मस्तिष्कलाई झङ्कृत गराउने बताए । उनले भने– 'यस सङ्ग्रहमा समाविष्ट गीतकार त्यागीका गीतहरूमा राष्ट्र, राष्ट्रियता, माया–प्रेमका साथै समाज र संस्कृति सजीवरूपमा चित्रित भएका छन् ।'

विमोचन समारोहका सभापतिसमेत रहेका वरिष्ठ सङ्गीतकार वसन्त मुकारुङले त्यागीका गीतहरूभित्रै सङ्गीत पाइने विचार व्यक्त गरे । उनले भने– 'सङ्गीतकारले धेरै सोचिरहनु नपर्ने खालका गीतहरू छन् सङ्ग्रहभित्र । यो गीतकारको सफलता हो । गीतहरू सरल छन् र सम्प्रेषणीय छन् ।' प्राज्ञ तथा कवि ध्रर्व मधिकर्मीले ‘आमआलाप’भित्रका सबै गीतहरू मिठासपूर्ण रहेको बताए ।

प्रसिद्ध गीतकार टीका चाम्लिङले त्यागीकोे कविता तथा गीत लेखनका बारेमा आफू सुरुदेखि नै साक्षी रहेको उल्लेख गर्दै त्यागी लय र स्वरलाई ध्यानमा राखेर गीत रचना गर्ने क्षमता भएका गीतकार भएको बताए ।

कवि तथा अन्तर्बोध साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक होमशंकर बास्तोलाले त्यागीका गीतहरू अब्बल रहेको बताए ।  

त्यागीले गीतरचना गर्दाको अनुभूति सुनाउँदै एकान्तमा गुनगुनाउँदा गुनगुनुनाउँदै गीतसङ्ग्रह तयार भएको सुनाए । उनले गीतहरू आफ्ना भावना मात्रै नभएर समाजकै तस्बिर भएको विचार व्यक्त गरे ।

कार्यक्रमको सहजीकरण कवि तथा सञ्चारकर्मी एलिसा ढुुङ्गानाले गरेकी थिइन् ।  सङ्ग्रहमा जम्मा ८४ वटा गीत समाविष्ट छन् । यसअघि त्यागीको एक कवितासङ्ग्रह प्रकाशित छ ।