अन्ततः  नेकपा एकीकृत समाजवाद सरकारलाई शर्तसहित विश्वासको मत दिने

अन्ततः  नेकपा एकीकृत समाजवाद सरकारलाई शर्तसहित विश्वासको मत दिने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २६, २०७९

काठमाडौं ।अन्ततः  नेकपा एकीकृत समाजवादले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

एकीकृत समाजवादका उपमहासचिव तथा  प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार २०७९ पुस २६ गते बिहान बसेको पार्टी सचिवालयको बैठकले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको हाे । 

‘बैठकले शर्तसहित समर्थन गर्ने भन्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिन्छ’ खतिवडाले भने, ‘हाम्रा एजेन्डाहरू राखिनेछन् । ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्कनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय छ ।’

राष्ट्रियता, सुशासन, बिग्रिँदै गएको अर्थतन्त्र र राष्ट्रिय महत्वका विषय आफ्ना एजेन्डा रहेको खतिवडाले बताए ।