एसिड पीडितको चार अस्पतालमा निःशुल्क उपचार व्यवस्था

एसिड पीडितको चार अस्पतालमा निःशुल्क उपचार व्यवस्था

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष २६, २०७९

काठमाडौँ । सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले एसिड आक्रमणमा परेकालाई चार अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो । 

उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान) र कीर्तिपुर अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको छ । उहाँले देशका कुनै पनि स्वास्थ्य संस्थाबाट पीडितका लागि निःशुल्क आकस्मिक उपचारको व्यवस्था गरिएको बताउनुभयो । ‘एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार सरकारले एसिड पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको हो ।