जात व्यवस्था उन्मुलन मोर्चाको राष्ट्रिय भेला चैत १८,१९ र २० गते चितवनमा

जात व्यवस्था उन्मुलन मोर्चाको राष्ट्रिय भेला चैत १८,१९ र २० गते चितवनमा

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २९, २०७९

काठमाडौँ ।  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालसँग आवद्ध  संगठन जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको राष्ट्रिय भेला २०७९ चैतमा हुने भएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका संयोजक राजकुमार हिङमाङले दिएको  जानकारी अनुसार २०७९ पुस २९ गते शुक्रबार  सम्पन्न भएको मोर्चाको सचिवालय बैठकले आगामी चैतको १८,१९ र २० गते चितवनमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।