'संवेदनाका स्वरहरु'  निबन्ध कृतिको २५ वर्षपछि चर्चा !

'संवेदनाका स्वरहरु'  निबन्ध कृतिको २५ वर्षपछि चर्चा !

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष ३०, २०७९

काठमाडौँ । शंकर लामिछाने प्रतिष्ठानले हिजो २०७९ पुस २९ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा चार निबन्धकारहरू श्रीओम श्रेष्ठ 'रोदन', भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशद्वारा लिखित 'संवेदनाका स्वरहरु' निबन्ध सङ्ग्रह प्रकाशनको २५ वर्ष (रजत महोत्सव)को अवसरमा समीक्षात्मक कार्यक्रमको आयोजना गर्‍यो । 

सो अवसरमा 'संवेदनाका स्वरहरु' निबन्ध सङ्ग्रहका भूमिका लेखक प्राडा। शैलेन्दुप्रकाश नेपाल र सो कृतिका आवरण कलाका कलाकार के। के। कर्माचार्यलगायत समीक्षकद्वय डा. ज्ञानु पाण्डे र महेश पौडेलले निबन्ध लेखनका उतारचढावका विविध पक्षमा चर्चा गर्नु भयो । 

'संवेदनाका स्वरहरु'का चार निबन्धकारले आआफ्नो सङ्क्षिप्त मन्तव्यका क्रममा बितेको २५ वर्षदेखि निबन्ध र नियात्रा लेखनमा कृति प्रकाशनका साथै उक्त विधालाई निरन्तरता दिंदै आएको बताएका थिए । 

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्पन्न कार्यक्रममा साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई लेखकहरूका तर्फबाट आभार पत्रसहित अभिनन्दन गरिएको थियो । 

कार्यक्रमको संचालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।