मर्स्याङ्दी वाङ्मय तथा तीर्थ स्मृति प्रतिष्ठान: अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता आयोजना

मर्स्याङ्दी वाङ्मय तथा तीर्थ स्मृति प्रतिष्ठान: अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता आयोजना

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष ३०, २०७९

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान तथा तीर्थ स्मृति प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा श्री महेन्द्र बालविकास मा वि बोराङ, लमजुङको ४७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा  आयोजित राइनास नगरपालिकाव्यापी अन्तर मा. वि.  वक्तृत्वकला प्रतियोगितामा निम्न विद्यालयका विद्यार्थीहरू क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ ।

शीतल भण्डारी प्रथम शिशु विद्याश्रम, तीनपिप्ले । जेनिसा पोखरेल, द्वितीय, ज्ञानोदय मा वि, साहिलीटार । आशिका न्यौपाने तृतीय, सौभाग्योदय मा वि, अल्काटार । सान्त्वना पुरस्कार प्राप्त गर्नेमा शिला न्यौपाने महेन्द्र बालविकास मा वि बोराङ, अप्सरा गोतामे, शैलपुत्री मवि धमिलीकुवा र थप सान्त्वना पुरस्कार प्राप्त गर्नेमा मानव गुरुङ बुध्दमिलन मावि प्याराजुङ रहेका छन् ।

प्रथम, द्वितीय , तृतीय र सान्त्वना पुरस्कारको रकम ४ हजार,३ हजार  र रू  १हजार र १०० र तीनजनालाई प्रदान गरिएको छ । उक्त अवसरमा महेन्द्र बालविकास मा वि  र पुरस्कृत विद्यार्थीहरूलाई समेत गरी कुल १२हजार १००र बराबरका बालसाहित्यका पुस्तकहरू प्रमाण-पत्रसहित वितरण गरिएको थियो । उक्त बालसाहित्यका पुस्तकहरू मध्ये विजयराज न्यौपानेद्वारा ५ हजार ४सय , भाग्यशाली अधिकारीद्वारा ३ हजार ९सय १०र, यमबहादुर दुराद्वारा १ हजार ४सय र डा देवीप्रसाद सुवेदीद्वारा ८ सय ४०र र वेदनाथ अधिकारी र सिर्जना ढुङ्गाना अधिकारी दम्पतीद्वारा ५सय ५०र मूल्य बराबर उपहार स्वरूप प्रदान गरिएको थियो ।

 उक्त समारोहको अध्यक्ष सम्बन्धित वडा अध्यक्ष विष्णु पौडेल, प्रमुख अतिथि नगरप्रमुख खड्कबहादुर गुरुङ, विशिष्ट अतिथि डा। देवीप्रसाद सुवेदी, राइनास शिक्षा विकास इकाइ प्रमुख पूर्ण बहादुर अछामी, अतिथिमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान एवम् तीर्थ स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष विजयराज न्यौपाने, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारी, तीर्थ स्मृति प्रतिष्ठान नेपालको उपाध्यक्ष दामोदर न्यौपाने, तीर्थ स्मृति प्रतिष्ठान नेपालको सदस्य तथा सह प्राध्यापक श्रीधर नेपाल, तीर्थ स्मृति प्रतिष्ठान नेपालको संरक्षक सदस्य ईश्वरी देवी न्यौपाने लगायत वडा अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू हुनुहुन्थ्यो भने निर्णायक समितिको संयोजकमा डा देवीप्रसाद सुवेदी, सदस्यद्वयमा कवि भाग्यशाली अधिकारी र सहप्राध्यापक श्रीधर नेपाल हुनुहुन्थ्यो ।