घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित

घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ३०, २०७९

काठमाडौँ । स्वघोषणा गरी  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका घनश्याम भुसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेकाे पार्टी महासचिव डा. बेदुराम भुसाल जानकारी दिएका छन् । 

महासचिव डा. बेदुराम भुसाल अनुसार आज २०७९ पुस३० गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ४७ औं बैठक पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा बसेको  बैठकले पुस२९ गते स्वघोषणा गरी हाम्रो पार्टीमा समाहित हुनुभएका कमरेडघनश्याम भुसाललाई पार्टीमा हार्दिक स्वागत गर्दै पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । उपरोक्त निर्णयलाई आजै भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटीको बैठकले समेत अनुमोदन गरेको छ ।