दुर्घटनाग्रस्त जहाजमा सवार चालक दल, ११ विदेशी सहित  ७२ यात्रु ! (सूचीसहित)

दुर्घटनाग्रस्त जहाजमा सवार चालक दल,  ११ विदेशी सहित  ७२ यात्रु ! (सूचीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १, २०७९

काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको यति एयरलाइन्सले जनाएको छ ।

 प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

नेपाली यात्रहरुमा  किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य. सडकात अलिमिया, पूर्ण बहादुर गुरुङ जितेन्द्र बहादुर कुँवर, एलिना बन्ड्रो ,अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीता कुमारी खड्का, अनिल कुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओम माया गुरुङ, सुस्मा पाण्डे ,हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल ,पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह, ठकुरी चुर्ण, थापा गणेश थापा र लवराज  तिमिल्सिना लगायत छन भने   विदेशी यात्रु हरुमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन,जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे शिशुहरु: कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा लगायत रहेका छन् 

आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिनुभयो । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार रहेको बताइएको छ ।