नेपाल वाङ्मय परिषद : स्रष्टा सम्मान तथा कृति लोकार्पण सम्पन्न

नेपाल वाङ्मय परिषद : स्रष्टा सम्मान तथा कृति लोकार्पण सम्पन्न

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ २, २०७९

काठमाडौं । नेपाल वाङ्मय परिषद, धनगढी, कैलालीले एक समारोहका बीच स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । यही पुस ३० गते काठमाडौंमा नेपाली वाङ्मय साधना सम्मान तथा पद्मा–रामचन्द्र लघुकथा सम्मान वितरण सम्पन्न भएको हो । 

संस्थाका अध्यक्ष डा. पुष्कर राज भट्टको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन सचिव दीपसागर पन्तले गरेका थिए । इन्दिरा ढकालको स्वागत मन्तव्य एवं गीत गायन रहेको समारोहमा रघुनाथ कडरियाले सम्मानित प्रतिभाको जीवनी र व्यत्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंंले नेपाली वाङ्मय साधना सम्मान (२०७७) बाट मातृका पोखरेल, नेपाली वाङ्मय साधना सम्मान (२०७८) बाट डा. अमर गिरी, नेपाली वाङ्मय साधना सम्मान (२०७९) बाट प्रा.डा. हेमनाथ पौडेललार्ई सम्मानित गरे । त्यस्तै पद्मा–रामचन्द्र लघुकथा सम्मान (२०७९) बाट नेपाल भाषाका लघुकथाकार श्याम आशालाई सम्मान प्रदान गरे । नेपाली वाङ्मय साधना सम्मान र पद्मा–रामचन्द्र लघुकथा सम्मानको राशी रु. १०, ००० रहेको छ ।

कार्यक्रममा लघु कथाकार श्याम आशाका रचनालाई रासाले नेपाल भाषाबाट नेपालीमा अनुवाद गर्नु भएको लघुकथा कृति अघोषित आवाजको समेत विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंले नेपालको राजनीतिमा देखा परेको मूल्य विघटनको असर साहित्य क्षेत्रमा पनि परेकोले सबैले यस तर्फ सचेत हुनु पर्ने बुताउनु भयो । कार्यक्रमा विशिष्ट अतिथि प्रा. जगतप्रसाद उपाध्याय, अतिथि नन्दकृष्ण जोशी, सम्मानित प्रतिभाहरू मातृका पोखरेल, डा. अमर गिरी, प्रा.डा. हेमनाथ पौडेलले पनि आफ्ना विचार एवम् रचना प्रस्तुत गरेका थिए ।