बैकल्पिक बाटोको कुरा : बहसको केन्द्रमा वाम पन्थ र पतनोन्मुख उदार मध्य पन्थ !

बैकल्पिक बाटोको कुरा : बहसको केन्द्रमा वाम पन्थ र पतनोन्मुख उदार मध्य पन्थ !

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  माघ २, २०७९

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो कार्यकाल को लागि प्रदेश र संघको चुनाव सकिएर मुलुकले प्रदेश हुदै संघ मा नयाँ सरकार पाइसकेको अवस्था छ । अब सबै राजनीतिक दल र मुलुक को नजर राज्य प्रमुख अथवा राष्ट्रपति निर्वाचन तिर केन्द्रीत हुन थालेको छ ।

जसलाई हामी लोकतन्त्रको आधारभुत मान्यता पनि मान्छौ । बर्तमान परिवेशमा कुनै पनि राजनीतिक दलहरुको प्रस्ट बहुमत नआएकाले 'मिलीजुली' सरकार बनिसकेको छ । संसदीय प्रणाली अर्थात् लोकतान्त्रिक प्रणालीमा बहुमतको शासन र अल्पमतको सम्मान सहितको प्रतिपक्ष हो । तर नेपालको लोकतान्त्रिक प्रणालीले आशाका झीनो किरणसँगै निराशाका काला बादल पनि सँगै ल्याइदिएको  छ ।

यस को ज्वलन्त उदाहरण भने को मौजुदा संसद मा सरकार प्रतिपक्ष विहिन (दुइ सांसद बाहेक) हुनु हो । यो किन ? प्रश्न स्वभाविक रुपमा उठ्छ र उठिरहेको  छ ।  स्थानीय निर्वाचन हुँदै प्रदेश र संघ सम्मको निर्वाचन सम्म आउँदा लोकतन्त्रको रक्षा कवच मानिने मौजुदा दलहरुले देखाएको अराजनीतिक वा अलोकतान्त्रिक चरित्र प्रर्दशन गरिरहेका छन् । यसैले कुरा प्रस्ट छ पार्टी हुँदै राज्यका सबै अङ्गमा आसेपासे वाद हावी भैरहेको कुरा कन्चन पानी जस्तै छ । यस कारण आजको लोकतन्त्र माथि बहस जरी छ । आजको प्रजातन्त्र माथि बहस हुनु  जरुरी भइसकेको छ । 

प्रत्यक दिन जनताका जन जिविकाका समस्या, भ्रष्टाचारका समस्या ,राज्य दोहनका समस्या, हुदा हुदा जनता का आधारभुत आवश्यकता शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा समेत समस्या निक्लिनु लोकतन्त्र को बिडम्बना हो । आज १३ बर्ष देखि ७० वर्षसम्म कि महिला बलात्कृत हुदै छन,  मुलुकले वैदेशिक ऋण प्रत्यक दिन उकालो लाग्दो छ । विद्यालय जाँदै गरेकी नानी यौन शोषण मा पर्छन् । 

यस्ता अनेकौं समस्याहरु जिउकातीउँ छन जुन समस्या बाट जनता प्रत्यक्षरुपमा दिन प्रति दिन प्रताडित बन्न बाध्य छन भने मुलुकको नेतृत्व गर्नेहरु भने यस्ता समस्यालाई समाधान गर्ने राजनीतिक कार्यक्रम लिनुको साटो गणितीय राजनितिक माध्यमबाट मुलुक हाँक्ने जमर्को गर्दै छन । यसैले प्रश्न उठ्छ कि के लोकतन्त्र यहि हो ? के हजारौ सहिद को बलिदान यसैका लागि हो ? प्रश्न जनताले गर्छन उत्तर मौजुदा नेतृत्वले दिन पर्छ ।

आज नेपालका  सबै राजनीतिक दलहरुको वैचारिक, राजनीतिक स्वरुप करिब करिब  एउटै हुन पुगेको छ । कंग्रेस कम्युनिस्ट जे नाम दिए पनि मुलत मौजुदा सबै दलहरु बैचारिक रुपमा उदार मध्य पन्थी दलहरु नै हुन भन्ने कुरा उनीहरुका गतिविधिले पुष्टि  गरिसकेको छ । 

 आज दक्षिण पन्थी दल काँग्रेस जुन खाल्डोमा छ कम्युनिस्ट नाम धारी सबै संसदीय दलहरु पनि त्यही खाल्डोमा छन् । चाहे त्यो सैद्दान्तिक वैचारिक होस वा अर्थ राजनीतिक दृष्टिकोणबाट होस । यस कारण बाम पन्थको 'नयाँ सिरा' बाट बहससँगै बिकास  हुन जरुरी छ ।

आज मुलुक का सबै राजनितिक दलहरु नव उदारवादी मध्य पन्थको गुलाम भएर साम्राज्यवादको टाङ मुनी छिरेको हामि सबैलाई जग जायर भयको कुरा हो । यस कारण आज को प्रमुख वारपार नै उदार मध्य पन्थी साम्राज्यवाद विरुद्ध वाम पन्थ को नै हो । वामपन्थ भनेको  सामाजिक समता खोज्ने, तहगत भाषा, संस्कार, कुरीति भत्काउने, सहकार्यतामा विश्वास गर्ने पुँजीवादको विरोध गर्ने दलाली करणको विरोध गर्ने सामाजिक आन्दोलन मार्फत सिमान्तकृत को  समता वा न्याय दिने र सामाजिक न्यायमा भर पर्ने प्रगतिशिल बैचारिक हो । यि सबै आज उल्टो भयको छ ।

यस कारण आजको वाम पन्थले यथा स्थितिको विरोध गर्ने,  अग्रगामी बाटो कोर्ने र प्रगतिशिल खाका निर्माण गर्ने नयाँ सिरा को वामपन्थ बन्न सक्नु पर्छ वा हुनु पर्छ । आजको वैचारिक अस्पष्टता(अवसरवाद) राजनीतिक नव उदारवाद(दलाली करण) का विरुद्ध स सशक्त विद्रोह नै आजको वामपन्थ हुनु पर्छ ।

यस कारण आजको प्रमुख आवश्यकता नै वामपन्थी नयाँ सिराको  खोजी हो । मौजुदा सबै राजनीतिक दलहरु सैद्दान्तिक वैचारिक तथा अर्थ राजनितिक दृष्टिकोणबाट पतनोन्मुख दिसामा गइसकेका छन् । आज वामपन्थी भनेर आफुलाई चिनाउने दलहरु पनि आफ्नो आदर्शलाई ल्याउदै तुच्छ संसदीय फोहोरी खेलमा सामेल भयको हामी सबैले देखिरहेका छौँ । यसले के भन्न सकिन्छ भने मौजुदा दलहरु अग्रगामी दिसा कोर्न तिर भन्दा साम्राज्यवाद को मतियार यथास्थितिमा किंकर्तव्यविमूढ भएको हामीले सहज निश्कर्ष निकाल्न सक्छौँ । मुलत यहि नै नव उदारवाद वा उदार मध्य पन्थ को पतन को प्रमख कडी पनि  हुन सक्छ ?

 यस कारण के आंकलन गर्न सकिन्छ भने अब बन्ने सरकार पनि पुर्ण कार्यकाल सञ्चालन गर्छ भन्न सक्ने आधार देखिँदैनन् । यस कारण आजको वाम पन्थले यथा स्थितिको विरोध गर्ने,  अग्रगामी बाटो कोर्ने र प्रगतिशिल खाका निर्माण गर्ने नयाँ सिरा को वामपन्थ बन्न सक्नु पर्छ वा हुनु पर्छ । आजको वैचारिक अस्पष्टता(अवसरवाद) राजनीतिक नव उदारवाद(दलाली करण) का विरुद्ध स सशक्त विद्रोह नै आजको वामपन्थ हुनु पर्छ ।

यस कारण यथास्थितिमा रुमलिने, अवसरवाद, दलाली करण, आसेपासे वाद नै आजको उदार मध्य पन्थ को मुल प्रवृति हो । जसले व्यक्तिमा केन्द्रीकृत गर्छ । नीति विधी पद्धती भन्दा व्यक्ति हावी हुने आचरण नै उदार मध्य पन्थ हो । जसले शुसासन होइन अराजकता निम्त्याउँछ । अहिले भएको पनि यहि हो । यस कारण आजको उदार मध्य पन्थ विरुद्ध सशक्त वाम विद्रोह नै आजको आवश्यकता हो । त्यो विद्रोह जनताको तह बाट हुन जरुरी छ ।