नेपाल मुक्तक प्रतिष्ठानको विशेष भेला : कार्यसमितिको पुनर्गठन

नेपाल मुक्तक प्रतिष्ठानको विशेष भेला : कार्यसमितिको पुनर्गठन

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ४, २०७९

काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानको आज २०७९ माघ ३ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएको विशेष भेलाबाट संस्थाको कार्यसमितिको पुनर्गठन भएको छ । भेलाले संस्थाको अध्यक्षमा रामकाजी कोनेलाई चयन गरेको छ । 

यसैगरी उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे र कोषाध्यक्षमा निशा के. सी. रहनुभएको छ । 

यसैगरी सदस्यहरुमा क्रमशः विष्णुबहादुर सिंह, राधेश्याम लेकाली, गुप्तबहादुर श्रेष्ठ र दिव्य गिरी रहनु भएको छ । आजै शिवपुरी सन्देशको अंक ९८ को लोकार्पण पनि गरिएको छ ।