स्यान्डमार्टिन इन्टरनेश्नल होल्डिङको डिएचआई टेक्नोलोजी साझेदारमा

स्यान्डमार्टिन इन्टरनेश्नल होल्डिङको डिएचआई टेक्नोलोजी साझेदारमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ५, २०७९

काठमाडौँ । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआई ले छोटो समयमा नै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ ।

नेपाली वजारमा लामो समय देखि सेट टप बक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पुर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा विक्रि वितरण गर्न थालेको हो ।

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र विक्रि वितरण गर्नको लागि ताइवानकोस्यान्डमार्टिन इन्टरनेश्नल होल्डिङ लि.  को रुपमा भित्राउन डिएचआई सफल भएको जनाइएको  छ । यो सम्झौता पश्चात डिएचआई टेक्नोलोजी र नेपालमा डिएचआई उपकरण निर्माणको गतिलाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।