नेपाल कृषि मजदुर संगठन : बिस्तारीत बैठक चैत २५ गते हेटौंडामा

नेपाल कृषि मजदुर संगठन : बिस्तारीत बैठक चैत २५ गते हेटौंडामा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ७, २०७९

काठमाडौँ । नेपाल कृषि मजदुर संगठनको केन्द्रिय कमिटीको पाचौं पुर्ण बैठक  केन्द्रिय कार्यलयमा सम्पन्न भएको संगठनले जनाएको छ । 

बैठकले  महासचिव दिपक पौडेल  र नेपाल कृषि मजदुर संगठनको सल्लाहकारको उपस्थितिमा केन्द्रिय अध्यक्ष उत्तर बहादुर खड्काको अध्यक्षतामा बैठक  समापन्न भएको हो ।

 बैठकले  हाल सम्म कृषि मजदुर संगठनको जिल्ला कमिटी बनी सकेको  मकवानपुर जिल्ला ३१ जनाबाट सदस्यता शुल्क महासंघ को केन्द्रिय कार्यालयमा बुझाउने काम भएको र  बाँकी रहेको जिल्ला कमिटीहरूले पनि तुरुन्तै सदस्यता विवरण  बुझाउन जिल्ला कमिटीहरुलाई परिपत्र गर्ने निर्णय गरेको संगठनले जनाएको छ । 

त्यसैगरी  एकीकृत ट्रेड युनियन महासंघको बैशाख १८-२० को केन्द्रिय महाधिवेशन भव्यताका  साथ समापन्न गर्न लागि पर्ने र  महासंघले तोके अनुसार ५० हजार अधिबेशन शुल्क  बुझाउन नेपाल कृर्षि मजदुर संगठनले पुर्ण  तयारी गर्न सबै मातहत कमिटीहरुलाई परिपत्र गरिने निर्णय गरियो।

संगठनका बिस्तार गर्ने बारेमा मधेस प्रदेशमा आठ वटा जिल्ला, लुम्बिनी प्रदेशमा आठ जिल्ला बाग्मतीमा पाँच वटा जिल्ला र गण्डकी प्रदेशमा पनि चार देखि पाँच वटा  जिल्ला कमिटी गठन गर्न माघ एक महिने अभियानमा सबै कमिटीको पदाधिकारीहरुले कमिटी निर्माणमा आआफ्नो  क्षेत्रबाट लाग्ने निर्णय गरियो। विशेष गरि प्रदेश इन्चार्जहरूले त्यसको तयारीमा लाग्न निर्देशन गरिन्छ।नेपाल कृषि मजदुर संगठनको केन्द्रिय बिस्तारीत बैठक चैत २५ गते शनिबार हेटौंडा उपमहानगरमा समापन्न गर्ने निर्णय गरिन्छ।