माओवादी मुक्त मिसनमा ओलीको उपेन्द्र कार्ड: उपराष्ट्रपतिदेखि उपचुनावसम्म रोडम्याप !

लोकसंवाद टिप्पणी

माओवादी मुक्त मिसनमा ओलीको उपेन्द्र कार्ड: उपराष्ट्रपतिदेखि उपचुनावसम्म रोडम्याप !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ८, २०७९

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सुरुदेखि नै समर्थन गर्दै आएको उपेन्द्र यादव नेतृत्वका जनता समाजवादी पार्टी सरकारमा भने गएको छैन । जसपा सरकारमा नजाँदा वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले लै सम्हाल्ने अवसर पाएका छन् ।

जसपाले आफूले पाएको मन्त्रालयमा असहमति जनाएर सरकारमा नगएको हो भने नागरिक उन्मुक्ति पार्टी रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएर सरकारलाई समर्थन गरे पनि विपक्षी दलको बेन्चमा बसिरहेको छ । काँग्रेस र एकीकृत समाजवादी यसअघि नै सरकारलाई समर्थन गरेर विपक्षी दलको बेन्चमा बसेका छन् । 

उपेन्द्र यादवको दाउ भने सरकार  मात्रै होइन । उनले उपराष्ट्रपतिमा पनि दाबी गरेका छन् । एमाले र माओवादीबीच १० पुसमा गठबन्धन निर्माण गर्दा नै एमालेले राष्ट्रपति र माओवादीले उपराष्ट्रपति लिने सहमति भएको छ । एमाले र अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माओवादी की रेखा शर्मालाई उपराष्ट्रपति बनाएर दाङ–२ मा उपचुनाव गराएर एमाले महासचिव शंकर पोखरेललाई संसदमा छिराउन चाहन्थे । तर शर्माले उपराष्ट्रपति बन्न अस्वीकार गरिन् । उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेकी छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै प्रचण्ड काँग्रेसलाई राष्ट्रपति दिने मनसायमा पुगेका छन् । उनले गठबन्धनमा सिधा प्रस्ताव राख्न नसके पनि सर्वदलीय बैठकमार्फत सहमतिबाट अघि बढ्न प्रस्ताव गरेका छन् । काँग्रेसलाई राष्ट्रपति दिन सक्ने अवस्थामा उपेन्द्र यादव पनि उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने माग राखिरहेका छन् । सत्ता गठबन्धनको बैठकमा उनले उपराष्ट्रपति माग्ने तयारी गरेका थिए । तर उनले राख्न पाएनन् ।

त्यही कारण उनले गठबन्धनको बैठकमा आफूहरुलाई बोल्न समेत नदिएको भन्दै एमाले र माओवादीले दिएको पद आफूहरुले पाउने हो भने त्यो मान्य नहुने बताएका छन् । जसपा भने सत्ता गठबन्धनमा रहेका दलहरु मध्ये माओवादीले प्रधानमन्त्री, एमालेले राष्ट्रपति र सभामुख पाउने तथा अन्य दलले उपप्रधानमन्त्री पाएकाले आफूले पनि उपराष्ट्रपति पाउनुपर्ने दाबी गरेको छ । 

गठबन्धनको तेस्रो घटक रास्वपाले उपसभामुख र उपप्रधानमन्त्री पाएको छ भने चौथो घटक राप्रपाले उपप्रधानमन्त्री पाएको छ । राप्रपा राजतन्त्र वादी शक्ति भएका कारण उसले उपराष्ट्रपतिमा दाबी गरेको छैन । त्यसैले उपेन्द्र यादव शक्ति सन्तुलनका हिसाबले जसपाको भागमा उपराष्ट्रपति मागिरहेका छन् । बाहिरी रुपमा हेर्दा यो स्वभाविक पनि देखिन्छ । तर यसभित्र यादवको अर्को खेल लुकेको छ । 

संविधानको यो व्यवस्थाअनुसार राष्ट्रपति पहाडी समुदायबाट भए मधेसी समुदायको पुरुष उपराष्ट्रपति बन्न संविधानले रोक्नेछैन । राष्ट्रपति र उपराष्ट्रपतिको हकमा सभामुख र उपसभामुख जस्तो फरक लिंगको प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी व्यवस्था छैन । निर्वाचनअघि यादव तत्कालीन सत्ता गठबन्धनमा काँग्रेस र माओवादीसँगै थियो । तर निर्वाचनअघि जसपा एमालेसँग गठबन्धन गर्न पुग्यो ।

एमाले अध्यक्ष ओली अढाई वर्ष पछि संघीय राज्यको कुनै पनि पदमा (केही मन्त्री बाहेक) माओवादी मुक्त गर्न चाहान्छन् । त्यही उक्साहटमा जसपा अध्यक्ष उपेन्द्र यादव कुनै पनि हालतमा उपराष्ट्रपति नछोड्ने अडानमा  छन् । ओलीको मिसन भनेको राष्ट्रिय समस्या समाधानका नाममा कुनै पनि हालतमा उपराष्ट्रपति माओवादीको हातमा फुत्काउने र त्यसका लागि उपेन्द्र यादवको कार्ड फालिरहेका छन् । एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादव बीच उपचुनावको माध्यमबाट संघीय संसदमा ल्याउन सहमत देखिएका छन् ।ओली मधेशमा गुमेको शाख जोगाइ दिएकोमा गुण तिर्न जसपा उपराष्ट्रपति र  अध्यक्ष उपेन्द्र यादवलाई संघीय संसदमा ल्याउन चाहेका छन् । 

जसपा अध्यक्ष उपेन्द्र यादव  प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरीबाट पराजित भए । अघिल्लो पटक जितेकै ठाउँमा एमालेको समेत साथ लिएर उम्मेदवार भएका उनी जनमत पार्टीका सिके राउतसँग दोब्बर मतान्तरले पराजित भए । २०६४ देखि लगातार सांसद बन्दै आएका यादव यसपटक पराजित भएपछि कमजोर बनेका छन् । सुनसरी १ बाट निर्वाचित भएका वरिष्ठ नेता अशोक राईलाई समेत पन्छाएर उनले रामसहाय यादवलाई संसदीय दलको नेता बनाए । रामसहाय उपेन्द्रको ज्यादै निकट मानिन्छन् । त्यसैले उनी रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उप चुनावमार्फत संसद छिर्न चाहन्छन् । रामसहाय बारा २ बाट निर्वाचित भएका हुन् । आफ्नो विश्वासपात्र भएकै कारण उपेन्द्रले अशोक राई र राज किशोर यादवलाई पन्छाएर राम सहायलाई संसदीय दलको नेता बनाए । 

४ मंसिरमा सम्पन्न निर्वाचनमा बारा–२ बाट एमालेको समर्थनमा राम सहायले १३ हजार ८२२ मत पाएर जितेका थिए । उनले तत्कालीन गठबन्धनका माओवादी उम्मेदवार शिवचन्द्र कुशवाहलाई हराएका थिए । कुशवाहले १३ हजार ४६८ मत पाएका थिए । 

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने उल्लेख छ । जसमा भनिएको छ– ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।’ 

संविधानको यो व्यवस्थाअनुसार राष्ट्रपति पहाडी समुदायबाट भए मधेसी समुदायको पुरुष उपराष्ट्रपति बन्न संविधानले रोक्नेछैन । राष्ट्रपति र उपराष्ट्रपतिको हकमा सभामुख र उपसभामुख जस्तो फरक लिंगको प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी व्यवस्था छैन । निर्वाचनअघि यादव तत्कालीन सत्ता गठबन्धनमा काँग्रेस र माओवादीसँगै थियो । तर निर्वाचनअघि जसपा एमालेसँग गठबन्धन गर्न पुग्यो ।

एमालेले उपेन्द्रलाई सप्तरी–२ मा उम्मेदवार नहुन सुझाव पनि दिएको थियो । तर उनले अघिल्लो पटक जितेको र सिके राउतको पनि स्थानीय चुनावको परिणाम राम्रो नदेखिएकाले त्यही उम्मेदवार बने । फलस्वरुप उनी निर्वाचनमा फराकिलो मतान्तरले पराजित भए । जसपासँग गठबन्धन गरेको एमाले सप्तरी–२ मा कमजोर छ । एमालेले सो क्षेत्रबाट समानुपातिकमा जम्मा १२ सय ४५ मत पाएको छ । जुन देश भरकै सबैभन्दा कम हो । सो क्षेत्रमा उपेन्द्र यादव सिके राउतसँग दोब्बर बढी मतान्तरले पराजित भए ।

यादवलाई बारा २ बाट चुनाव लड्न सिफारिस पनि गरिएको थियो । अब उनी राम सहायलाई उपराष्ट्रपति बनाएर उप चुनावमार्फत संसदमा छिर्न खोजिरहेका छन् । बारा २ मा समानुपातिक मतमा जसपा १३ हजार मतसहित पहिलो भएको थियो भने एमालेले ९ हजारभन्दा बढी मत पाएको थियो । सो क्षेत्रमा एमालेपछि जनमत पार्टी बलियो छ । 
आफू संसद बाहिर हुँदा उपेन्द्र यादवको छटपटी हेर्न लायक देखिन्छ । उनी जसरी पनि संसदमा छिर्न कोशिस गरिरहेका छन् । त्यसैले उपराष्ट्रपति पाएमा जसपाले पाउने मन्त्रालयमा लचक हुन उनी तयार छन् ।

गठबन्धनमा उपराष्ट्रपति जसपाको भागमा नपरे उनी गठबन्धन परिवर्तन गर्न समेत तयार रहेको उनी निकट स्रोत बताउँछ । अहिलेको सत्ता गठबन्धनमा रहेका नाउपा र जनमतसहितका दललाई समेत मधेसी दलहरुलाई सरकारमा उपेक्षा गरिएको भन्दै एकजुट बनाएर गठबन्धन नै फेर्ने कसरतमा समेत उनी छन् । उनको प्रयास सफल हुन्छ वा हुँदैन भन्ने हेर्न चाँहि केही समय कुर्नुपर्नेछ ।