डा. खगराज बरालको शब्द र राजनराज बरालको सङ्गीत तथा स्वरमा 'ए गङ्गा' गीत सार्वजनिक

डा. खगराज बरालको शब्द र राजनराज बरालको सङ्गीत तथा स्वरमा 'ए गङ्गा' गीत सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ ९, २०७९

काठमाडौँ ।   पुर्खाहरूप्रति समर्पित डा। खगराज बराल (श्रमिक बराल) को शब्द रहेको 'ए गङ्गा' गीत राजनराज बरालको सङ्गीत तथा स्वरमा सार्वजनिक भएको छ । 

आमालाई गङ्गाको बिम्ब बनाएर रचना गरिएको यो गीत रचनाकाल भन्दा झन्डै चौध वर्षपछि रेकर्ड भएको छ । शास्त्रीय स्वाद दिने यो गीतको शब्द रचनाका सम्बन्धमा गीतकार बराल 'गङ्गालाई नदीको प्रतीक र गङ्गा नदीलाई आमाको प्रतीक मानेर लेखिएको'  भन्छन् ।

यस गीतमा महाभारत कालीन मिथकको पनि प्रयोग भएको छ । महाभारतको कथामा पनि देवव्रत (भीष्म) गङ्गाका पुत्र भएका र भीष्मले आफूले कठिन निर्णय गर्नु परेको समय र कुनै विषयमा द्विविधा भएका अवस्थामा गङ्गाका किनारामा गएर आफ्नी आमा गङ्गालाई पुकारा गरेको प्रसङ्ग छ ।

गीतकार बरालले गङ्गामा समाहित भएका आफ्ना पुर्खालाई सम्झदै जीवनमा कठिन निर्णय लिनुपर्दा र द्विविधा हुँदा सम्झने गरेका सन्दर्भमा यो गीत सिर्जना भएको कुरा उल्लेख गरेका छन् ।