वामदेव गौतमद्वारा आफ्ना दस्ताबेज एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई हस्तान्तरण

वामदेव गौतमद्वारा आफ्ना दस्ताबेज एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १०, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष कमरेड माधव कुमार नेपाल र कमरेड वामदेव गौतमका बीच आज नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालयमा भेट वार्ता भयो ।

भेटमा कमरेड वामदेव गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु पार्टी अध्यक्षलाई हस्तान्तरण गर्नु भयो । आजको भेटमा उक्त दस्तावेजहरु अध्ययन गर्ने र त्यस बिषयमा अर्को भेटमा छलफल गर्ने सहमति भयो । अध्यक्ष कमरेड माधव नेपालले कमरेड वामदेव गौतमलाई यथासिघ्र पार्टीमा एकतावद्ध भएर अघि बढ्न प्रस्ताव गर्नु भयो ।

यो प्रस्तावलाई कमरेड वामदेव गौतमले सकारात्मक रुपमा लिनु भयो र छिट्टै निर्णय गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । आजको बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष द्वय प्रमेश हमाल र केशव लाल श्रेष्ठ, उपमहासचिव द्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधरको उपस्थिति थियो ।