एकाबिहानै अध्यक्ष नेपाल गौर–पिपरा सडक निरीक्षणमा

एकाबिहानै अध्यक्ष नेपाल गौर–पिपरा सडक निरीक्षणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ११, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर–पिपरा सडक खण्डको निरिक्षण गर्नुभएको छ ।

गृहजिल्ला रौतहटमा पुग्नु भएका अध्यक्ष नेपालले बुधवार एका विहानै सडक विस्तारको निरिक्षण गर्नुभएको छ । अध्यक्ष नेपालले यस सडक खण्डलाई महत्व दिँदै आउनुभएको छ । यतिबेला सडक विस्तारको काम चलिरहेको छ । 

निरीक्षणका क्रममा सडक विस्तारलाई तिव्रता दिन र भरपर्दो काम गर्न निर्देशन दिनुभएको छ । 
मंगलबार गृहजिल्ला प्रस्थान गर्नुभएका अध्यक्ष नेपालले जिल्लामा भइरहेका अन्य विकास निर्माणको अवलोकन र निरिक्षण गर्दै आउनुभएको छ । अझै दुई दिन रौतहटमै बस्ने कार्यक्रम रहेको छ ।