मध्यपश्चिम विश्वविद्यालयले स्ववियू निर्वाचन घोषणाको स्वागत, अन्य विश्वविद्यालसँग पनि माग

मध्यपश्चिम विश्वविद्यालयले स्ववियू निर्वाचन घोषणाको स्वागत, अन्य विश्वविद्यालसँग पनि माग

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १२, २०७९

काठमाडौँ । अनेरास्ववियू केन्द्रीय कमिटी पदाधिकारीको वैठकले  संगठनको मागलाई सम्बोधन गर्दै मध्यपश्चिम विश्वविद्यालयले चैत्र ३ गते गरेको स्ववियू निर्वाचन घोषणाको हार्दिक स्वागत गर्दै अन्य विश्वविद्यालयका पदाधिकारीलाई तत्काल स्ववियू निर्वाचनको मिति घोषणा गर्न हाम्रो संगठन जोडदार माग गर्दछ । साथै विभिन्न एजेण्डाहरुमा छलफल र निर्णय गर्दै मुलुकमा घटिरहेका समसामयिक विषयप्रति अनेरास्ववियूको धारणा एक विज्ञप्ती जारि गरी सार्वजनिक गरेको छ । 

देशकै अत्यन्त संवेदनशील क्षेत्र संसद भवनको अगाडी एउटा नागरिकले आफूमाथि पेट्रोल खन्याएर आत्म दाह गर्ने परिस्थिति बन्दै गर्दा समेत यो राज्य कान सुन्दैन, आखा देख्दैन, मस्त सुतिरहन्छ । गृह प्रशासनको आँखै अगाडी एउटा सुन्दर सपना बोकेको युवा जलिरहन्छ तर सुरक्षा निकाय, गृह मन्त्रालय न त त्यो युवाको सुन्दर सपनालाई साकार वनाउन सक्छ न त भौतिक शरिरको रक्षा १ यस्ता हावादारी, उडन्ते र कस्मेटिक गृहमन्त्रीबाट नागरिकको जीउ धनको सुरक्षाको ग्यारेण्टी हुने आधार के रु राज्य गैरजिम्मेवार बनेका कारण होनहार युवाहरु अकालमै ज्यान गुमाइरहेका छन् । जताततै निरासा, अभाव र पीडा व्याप्त छ ।

 अहिले सरकारका मन्त्रीहरु वहुरुपी र वहुरङ्गी देखिन्छन् । कोही मन्त्रीहरु संघीयता खारेजीको वकालत गर्दछन् । कोही मन्त्रीहरु काम र परिणाम भन्दा पनि मिडिया स्ट्रन्टमा केन्द्रित देखिन्छन् । हत्या अभियोग लागेका अपराधीहरु संसदीय अभ्यासमा सहभागी भइरहन्छन तर आफ्नै नागरिकता सम्वन्धि प्रश्न उठेका गृहमन्त्री वालहटको चिच्चाहट गरिरहन्छन् । उनलाई शान्ति सुरक्षाप्रति जवाफ देही बन्नु छैन । राज्यलाई जनउत्तरदायी  वनाउन छैन । मात्रै वक्तव्य वाजी र कुर्सी चाहिएको छ । नालायक ढंगले गृहमन्त्रीको कुर्सीमा बस्न अहिलेका गृहमन्त्री कत्ति पनि लायक छैनन् । 

अहिलेको सत्ता गठबन्धनको मुख्य घटकको प्रमुख नेता संसदको रोष्टमवाट यो व्यवस्था र संविधानको धज्जी उडाइरहन्छ । संविधानको मर्मविपरीत जनताको सार्वभौमसत्ता सम्पन्न संसद विघटनको वकालत गरिरहन्छ । यस्ता व्यवस्था विरोधी, प्रतिगामी कमेडियन शैलीप्रति अनेरास्ववियू आपत्ति प्रकट गर्दै सत्ता गठबन्धनको नेतृत्व गरेका प्रधानमन्त्री समक्ष यी प्रश्नहरुको उत्तर चाहन्छ । 

 भ्रष्टाचार, महङ्गी, कालाबजार अनियन्त्रित छ । आर्थिक संकटका कारण मुलुक थिलथिलो बन्दै गएकोले जनताको जन जिविकाको नराम्ररी प्रभावित बनेको छ । तर जनता र जनजिविका प्रति यो सरकार उदासीन देखिन्छ । सरकारले तत्काल मूल्य नियन्त्रण गरी जनतालाई राहतको अनुभूति दिलाउन अनेरास्ववियू हार्दिक अनुरोध गर्दछ ।

यो सरकारको बनावट नै सत्ता स्वार्थको लागि विपरीत ध्रुव वीचको एकता जस्तो देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाका पक्षधर र यो व्यवस्था विरोधी वीचको गठवन्धन सरकारको आयु कहिले सम्म ?

 आउँदो स्ववियू निर्वाचनलाई एउटा विद्यार्थी समुदायको उत्सवको रुपमा लिदै अनेरास्ववियूका सम्पूर्ण नेता कार्यकर्तालाई निर्वाचनमा परिचालन हुन निर्देश गरिन्छ ।