डिजी पे र द नेपाल टप राष्ट्रिय दैनिक बिच नौलो र विशेष सहकार्य गर्ने सम्झौता

डिजी पे र द नेपाल टप राष्ट्रिय दैनिक बिच नौलो र विशेष सहकार्य गर्ने सम्झौता

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १२, २०७९

काठमाडौं ।डिजी पे प्रा.लि र द नेपाल टप बीच नौलो र बिशेष सहकार्य गर्ने सम्झौता भएको छ ।

डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा बिज्ञापन र बार्षिक ग्राहक हुन पाउने। डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बबर महलस्थित नेपालको एक उत्कृष्ट नेपाली राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्य गर्ने सम्झौता गरेको हो  ।

यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आबद्ध हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले द नेपाल टप को सौजन्य झन्डै  ५०,००० पर्ने ६० सी सी रंगिन बिज्ञापन मात्र रु १५,००० मा, रु १,५०० पर्ने बार्षिक ग्राहक मात्र रु १,००० मा र वर्गीकृत तथा अन्य विज्ञापनमा ७० पाउन सक्ने छ । 
द नेपाल टपका बजार व्यवस्थापक श्री रितेश पोखरेलका अनुसार, बिज्ञापन कुनै पनिव्यवसायीको लागि आफ्नो बजार बिस्तार गर्ने एक महत्वपूर्ण अंग हो। अझै राष्ट्रिय दैनिक
पत्रिकामा आफ्नो बिज्ञापन गर्नु धेरै राम्रो तर महँगो मानिन्छ। यस सहकार्य अनुसार डिजी पे संग आबद्ध सम्पूर्ण व्यवसायीको लागि मात्र योजना लागु गरिएको बताए ।

व्यवसायीले सस्तो तथा सुलभ मूल्यमा आफ्नो बिज्ञापन गरी व्यावसायिक तथा सामाजिक लाभ हुने र साथै डिजी पे घरदैलो अभियान मार्फत आफ्नो बिज्ञापन झन्धेरै जनमानस सम्म पुग्न सक्नेछ । यस्तो

नौलो र बिसेष सहकार्यमा आबद्द हुन पाउनुमा खुशी व्यक्त गरेका छन्। उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए।

त्यस्तै डिजी पे का अध्यक्ष श्री दिवाकर बहादुर पाण्डेले द नेपाल टप जस्तो एक प्रतिष्ठित नेपाली राष्ट्रिय दैनिक संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी, घरदैलो र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत संचार क्षेत्र बाट राष्ट्रिय दैनिकलाई पनि आबद्ध गर्नु ठुलो उपलब्धि हो । यसै गरि अरु पनि विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरी आफुसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाई थप अफर तथा सुबिधा दिने योजना रहेकोबताए ।

सम्झौतापत्रमा द नेपाल टप का बजार व्यवस्थापक श्री रितेश पोखरेल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा द नेपाल टप, नेपाली राष्ट्रिय दैनिक र डिजी पे का विभिन्न व्यक्तित्वहरूको पनि उपस्थित थिए ।