नेपाली काँग्रेस राष्ट्रपतिका लागि किन लगाउँदै छ एमाले झस्किने गरी पूर्ण शक्ति ?

लोकसंवाद टिप्पणी

नेपाली काँग्रेस राष्ट्रपतिका लागि किन लगाउँदै छ एमाले झस्किने गरी पूर्ण शक्ति ?

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १३, २०७९

गत १० पुसमा बालकोटमा भएको करिब २ घन्टाको छलफलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनायो । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच त्यसैबेला नै आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको तथा एमालेलाई राष्ट्रपति र सभामुख दिने सहमति भएको सन्देश प्रवाह गरियो । 

त्यसबेला भएको कुनै लिखित सहमति भएको को दस्तावेज बाहिर आएको छैन । एमालेले राष्ट्रपतिको उम्मेदवार एमालेले बनाउने र त्यसमा सहमति हुने दाबी गरिरहेको छ । बिहीबारमात्रै माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । सो बैठकमा अध्यक्ष प्रचण्डले लिखित दस्तावेज र मौखिक रुपमा ब्याख्या पनि राखेका छन् ।

बैठकमा प्रचण्डले एमालेको राष्ट्रपति बन्ने बुझाई बने पनि सबै पद एमालेलाई दिन नसकिने अवस्था सिर्जना भएको संकेत गरेका छन् । उनले राष्ट्रपति कसको बनाउने भन्नेबारेमा गम्भीर विषयहरु उठेको भन्दै नेताहरुसँग धारणामा मागेका छन् । यसबाट प्रचण्ड एमालेलाई राष्ट्रपति दिन तयार नरहेको संकेत बुझिन्छ । अर्कोतिर १० पुसको बिहानसम्म प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार नभएको काँग्रेसले २६ पुसमा संसदमा विश्वासको मत भने दियो । काँग्रेसको समेत विश्वासको मत पाएपछि प्रचण्डको सरकार करिब करिब सर्व सहमतिको जस्तै बन्यो । एक हिसाबले संसद नै प्रतिपक्षी बिहीन बन्ने अवस्था सिर्जना भयो ।

अर्कोतिर पछिल्लो समयमा माओवादी केन्द्रले साना माओवादीका घटकहरु सहित एकीकृत समाजवादीसँग पनि एकताको पहल गरिरहेको छ । यता एकीकृत समाजवादीले हालै मात्रै घनश्याम भुसाललाई भित्र्याएको छ भने वामदेव गौतम र भीम रावललाई ल्याउने तयारीमा माधवकुमार नेपाल लागेका छन् । उनी उपेन्द्र यादवको जनता समाजवादी पार्टीसँग पनि एकता गर्ने तयारीमा अघि बढ्ने तयारी छन् । यसबाट संसदीय राजनीतिमा कम्युनिस्ट पार्टीहरूमध्ये एमालेको एउटा शक्ति र माओवादीले निर्माण गर्ने सम्भावित अर्को शक्ति बन्ने अवस्था देखिन्छ । 

आगामी फागुनको २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल सकिदैछ । त्यसअघि राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भइसक्नुपर्छ । सत्ता साझेदार दलबीच एमालेले राष्ट्रपति पाउने सहमति भएको बताइए पनि अझै ठोस भइसकेको छैन । नेपालको राष्ट्रपति पद कार्यकारी नभएर संवैधानिक भूमिका भएको पद मात्रै हो । तर पूर्वप्रधानमन्त्री केपी ओलीको  सरकार टिकाउन राष्ट्रपतिको भूमिका कार्यकारीजस्तै महत्वपूर्ण भयो । त्यसैले संविधानले कार्यकारी परिकल्पना नगरेको यो पद शक्तिशाली पदका रुपमा चिनिएको छ । त्यसैले दलहरु आफू अनुकूल राष्ट्रपति बनाउने धुनमा छन् । 

प्रतिनिधिसभाको सभामुख चयन भएपछि संसद भवनबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन सहमतिमा गरिने बताएका थिए । त्यस लगतै संसद भवनबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी ओलीले प्रचण्डको प्रतिक्रियाको प्रतिवाद गर्दै एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने र त्यसमै राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका थिए । 

त्यसअघि पुस ३० गते विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा सहमति भइनसकेको भन्दै सहमति खोज्ने बताएका थिए । पछिल्लो समयमा माओवादीका नेताहरु काँग्रेसलाई राष्ट्रपति दिनुपर्ने बताउन थालेका छन् । अघिल्लो पटक एमालेको राष्ट्रपति हुँदा चालेका कदमले पनि अन्य दललाई सशंकित पारेको छ ।

प्रधानमन्त्रीमा प्रचण्डले काँग्रेसबाट पनि विश्वासको मत पाउनु, प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिका लागि कसैसँग सहमति भएको छैन भन्ने अभिव्यक्ति दिनुले एमाले र माओवादीबीच आशंका बढ्दो छ । विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डको पार्टीले सभामुख र उपसभामुखमा साथ नपाएकाले राष्ट्रपतिमा सघाउने काँग्रेसको आशा देखिन्छ । काँग्रेस यतिबेला प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि विषयवस्तुमा नचिढ्याउने सोचमा छ ।

यसबाट राष्ट्रपतिमा सहमति भइनसकेको देखिन्छ । त्यसैलाई आधार बनाएर माओवादी पनि यत्तिकै एमालेलाई राष्ट्रपति नमान्ने सोचमा पुगेको छ । एमालेको राष्ट्रपति नमाने कै आधारमा एमाले सरकारबाट बाहिरिए पनि अब प्रचण्ड नेतृत्वको सरकार ढल्दैन । उनलाई काँग्रेसले साथ दिने निश्चित छ । 

२६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको काँग्रेस पछिल्लो समयमा निकै सक्रिय भएर लागेको छ । गठबन्धनमा रहेका प्रचण्डले गठबन्धन छाडेर एमालेसँग गठबन्धन गरे पनि काँग्रेस नेताहरु प्रचण्डप्रति नरम नै छन् । काँग्रेस नेताहरु भने आफूहरुले राष्ट्रपति जित्ने दाबी गरिरहेका छन् । काँग्रेस प्रचण्डलाई विश्वासको मत दिए बापत राष्ट्रपतिमा समर्थन पाइने आशामा छ । 

काँग्रेस नेतृत्वको गठबन्धन एमाले अध्यक्ष ओलीले भत्काएका कारण काँग्रेस पनि ओलीको गठबन्धन भत्काउने कसरतमा छ । एमाले अध्यक्ष केपी ओलीले पटक पटक संसद विघटनलाई जिकिर गरेका कारण अन्य दल एमालेको राष्ट्रपति हुन नहुने पक्षमा देखिन्छन् । राष्ट्रपति पदका लागि माओवादी काँग्रेस र एमाले दुवैका लागि निर्णायक छ । 

प्रधानमन्त्रीमा प्रचण्डले काँग्रेसबाट पनि विश्वासको मत पाउनु, प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिका लागि कसैसँग सहमति भएको छैन भन्ने अभिव्यक्ति दिनुले एमाले र माओवादीबीच आशंका बढ्दो छ । विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डको पार्टीले सभामुख र उपसभामुखमा साथ नपाएकाले राष्ट्रपतिमा सघाउने काँग्रेसको आशा देखिन्छ । काँग्रेस यतिबेला प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि विषयवस्तुमा नचिढ्याउने सोचमा छ । देउवाले पदाधिकारीको बैठकमा राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम अघि सारेका छन् । राष्ट्रपति जसरी पनि जित्न काँग्रेस कस्सिएर लागेको छ । 

एमाले अध्यक्ष केपी ओली पछिल्लो समयमा सरकार ढाल्ने खेल भइरहेको बताइरहेका छन् । काँग्रेसको बलियो शक्ति, माओवादी केन्द्रको भोट एकत्रित गर्न सकेमा काँग्रेसले राष्ट्रपति जित्ने निश्चित हुन्छ । ओलीले सत्ता गठबन्धनभित्रै केही दललाई गोलबन्द गर्न थालेका छन् भने प्रचण्ड पनि एकता र मोर्चाबन्दीमा लागेका छन् । प्रधानमन्त्री प्रचण्डसँग जनमत पार्टी, जसपा, लोसपाका साथै काँग्रेस र एकीकृत समाजवादी एकठाउँमा छन् । यसले गर्दा एमाले झस्किएको छ । काँग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउन सफल हुन्छ वा हुँदैन भन्ने चै केही समयपछि स्पष्ट हुनेछ ।