अध्यक्ष नेपालद्वारा  विपी स्मारकको शिलान्यास

अध्यक्ष नेपालद्वारा  विपी स्मारकको शिलान्यास

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १३, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा विपी स्मारकको शिलान्यास गर्नुभएको छ । 

केही दिनदेखि गृहजिल्ला रौतहटमा रहनुभएका अध्यक्ष नेपालले विकास निर्माणको निरिक्षण, नयाँ विकासको शिलान्यास गरिरहनु भएको छ । विहीबार हिन्दु संस्कारअनुसार विधि नै लगाएर विपी स्मारक तथा घण्टाघरको शिलान्यास गर्नुभएको हो । 

गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विपी स्मारक तथा घण्टाघरको निर्माण हुन लागेको छ ।