प्रेम आचार्यको आत्मदाह : कृषि व्यवसायलाई हेला र कुशासनको परिणाम

प्रेम आचार्यको आत्मदाह : कृषि व्यवसायलाई हेला र कुशासनको परिणाम

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १३, २०७९

इलाम निवासी युवा उद्यमशील प्रेम प्रसाद आचार्यले आफुले मिहेनत र इमान्दारिता साथ गरेका व्यवसायमा सरकार र यसका अंगबाट तथा  ठुला व्यवसायबाट सहयोगको सट्टामा हतोत्साही मात्र हुनुपरेको र आफ्नो श्री सम्पति सबै स्वाहा भएपछि अत्यन्त निरास भएर आत्म दाह गरे । संसद भवन अगाडि दिनदहाडै  गरिएको यो बीभत्स दृष्यले सबैलाई अत्यन्त पीडामात्र दिएन तुरुन्त प्रहरीले आगो निभाएर अस्पतालमा पुर्‍याए पनि भोलिपल्ट वहाँको पीडादायी निधन भयो । यसले सर्वसाधरण लगायत सरकारमा बसेकालाई पनि निकै झस्कायो ।

लगत्तै केहि विद्यार्थीले यसको बिरुद्धमा युवा गृहमन्त्री रबि लामिछानेको राजिनामा माग्दै जुलुस नारा र तोडफोड गरे । यसको बास्तविक कारणतर्फ नलागि पूर्वाग्रही बनि युवाहरु  ठुला दल र नेतालाई दोष लगाउन सकेको देखिएन । तर  प्रेम आचार्यको निधनमा धेरै जनताले सामाजिक संजालमा आक्रोस पोख्दै अहिलेसम्म सरकारमा बस्ने र ब्यवस्थाको बिरुद्ध चर्को आवाज उठाए ।

निज प्रेम आचार्यले मर्नुभन्दा अघि लेखेको लामो स्टाटस लेखाइले  देशको स्थिति, यसको संरचना, इमान्दार ब्यबसायी पाउने दुःख, हण्डर , घुस्याहा कर्मचारी, प्रहरी, आदी सबैले दिएको पीडा विस्तृतमा उल्लेख गर्नु भएको छ । उनको स्टाटस पढिसके पछि जो कोहि ब्यक्तिले पनि किन युवाहरु स्वदेशमा रोजगार नगरेर खाडीमा जान बाध्य हुन्छन्  भन्ने थाहा हुन्छ । प्रेम आचार्यले खुलारुपमा आत्म दाह गरे भने कतिपय युवाहरु खाडीको गर्मीमा आफु मर्न बाध्य भइरहेका छन् । सरकारको नीति अझैपनि युवाहरुलाई देशमै स्वरोजगार का अवसर मिलाउने भन्दा बिदेश मै लखेट्न उद्यत भएको पाइन्छ । 

प्रेम आचार्यले बिभिन्न ब्यवसाय गरेर अनुदानको लागि हार गुहार गरेपनि उनले कहिल्यै पनि अनुदान पाएनन् । उनको कामको सबैले सराहना भने गरिरहन्थे । उ भन्दा पछि सुरु गरेका ब्यबसायी राजनीतिको फाइदा या कमिसनको सेटिङमा प्रशस्तै अनुदान पाएको उनले हेरिरहन्थे । प्रेम आचार्यले उत्पादन गरेका अग्र्यानिक कृषि उत्पादन सबैले मन पराउने र खरिद गर्न रुचि राख्थे । तर ठुला ब्यापारीले समेत कसैले समयमा रकम नदिने मात्रै होइन पुरा पैसा पनि नदिने  रहेछन् । आफुले उत्पादन गरेर बेच्न गाडीमा लगेको सामानको चेक प्वाइन्टमा बसेका  प्रहरीले पैसा मागेर लिन्थे । त्यो नदिए गाडि मै चढेर सामान निकालेर लाने गर्थे भनेर निजले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् । 

युवाले प्रेम आचार्य जस्ता लाखौ युवाहरु जो देश भित्र र बाहिर आफ्नो श्रम बेचेर पनि प्रतिफल पाउन सकेका छैनन् ती व्यक्तिहरुको हितमा ठोस कार्य योजना बनाइ कार्यन्वयन गर्न अत्यावश्यक छ । किनकि अहिलेका युवाहरुले पुराना नेतालाई अब दोष लगाउन, गालि गर्न छोडिसके । किनकि उनीहरुलाई लेखेर बोलेर कुनै प्रभाव पर्न छोडिसक्यो ।

सरकारमा बस्नेहरुले कृषिमा लगानी गर्ने भनेर अनुदानको कुरा गरिरहन्छ तर साना उद्योगी, ब्यबसायी प्रत्यक्ष अनुदानको रकम बिना कमिसन, नेताको सोर्स बिना पाउनै सक्दैनन् । कसैले दुःख गरेर उत्पादन गरेको कृषि उत्पादन बजारमा पुर्‍याउँदा भाउ नै नपाएर दलाललाई सस्तोमा दिन बाध्य हुन्छन् । अहिले कतिपय ठुला ब्यापारीले कृषि अनुदान पाउन आफुले अग्र्यानिक कृषि उत्पादन गर्ने भनि सरकारबाट कमिसनको भरमा करोडौँ अनुदान लिइरहेको सुनिन्छ । तर साना किसान र व्यवसायलाई प्रत्यक्ष अनुदान दिन स्थानीय निकायलाई अधिकार प्रत्यायोजन गर्न सरकारमा बस्ने र कर्मचारी हिच्किचाउँछन् । किनकि कृषकले सजिलै अनुदान र बजार पाएमा उनीहरुलाई कमिसन आउँदैन । यस्तै सेटिङमा नेता र कर्मचारीतन्त्र चलिरहेका छन् । 

यदि सरकारको नियत र नीति राम्रो हुने हो भने कृषि व्यवसायबाट उत्पादनले देशको खरबौं ब्यापार घाटा  घट्न सक्छ । तर सरकार केबल नारामा कृषिको हितमा बोल्छ तर ब्यबहारमा भने दलाल पुँजीपतिलाई मात्र पोसिरहन्छ । त्यो क्रम अझैपनि जारि छ । अहिले सरकारमा गएका  युवा मन्त्री रबि लामिछाने को स्वतन्त्र पार्टी र राजेन्द्र लिङदेलको राप्रपाले भनेजस्तो जनहितमा केहि काम गर्न सक्ला कि भन्ने झिनो आस छ ।

त्यसैले यस्ता युवाले प्रेम आचार्य जस्ता लाखौ युवाहरु जो देश भित्र र बाहिर आफ्नो श्रम बेचेर पनि प्रतिफल पाउन सकेका छैनन् ती व्यक्तिहरुको हितमा ठोस कार्य योजना बनाइ कार्यन्वयन गर्न अत्यावश्यक छ । किनकि अहिलेका युवाहरुले पुराना नेतालाई अब दोष लगाउन, गालि गर्न छोडिसके । किनकि उनीहरुलाई लेखेर बोलेर कुनै प्रभाव पर्न छोडिसक्यो ।

भ्रष्टाचारी र कालोबजारिया बिगबिगी कहिल्यै घटेन । अख्तियारलाई सशक्त र प्रभावशाली बनाउन नियममा संसोधन अहिलेसम्म गरिएन । त्यसतर्फ पनि अहिलेका प्रधानमन्त्री लागेको देखिदैन । उनी केबल सबै दललाई खुसी पारेर आफ्नो सत्ता सुरक्षित पार्ने ध्याउन्नमा मात्र लागेको देखियो । अझैपनि नीतिगत त्रुटि सच्याउनु भन्दा भाषण र आदेशबाट कर्मचारीलाई काम गराउन खोज्छन् । कर्मचारीलाई यसरी आदेश दिनु भन्दा नीतिगत सुधार गर्दै पुरस्कार र दण्डको कारबाही अघि नबढाइ हुंदैन । 

सरकार प्रमुखले विदेशीलाई खुसी पार्न दौडधुप गर्नुभन्दा जनतालाई खुसी पार्ने गरि शिघ्र कार्यबिधि बनाउन आबश्यक छ । यदि अझैपनि सरकारले सुशासन दिन सक्तैन र कर्मचारीतन्त्रलाई असल नियत साथ जनताको सेवामा जान बाध्य पार्न सक्तैन भने कर्मचारीले आफ्नो ब्यक्तिगत फाइदा भन्दा अरु हेर्ने छैनन् । त्यसैले देशका युवाहरु अझैपनि प्रेम आचार्यको तालमा फेरि पनि आत्म दाह गर्न सक्छन् भन्ने कुरा सत्ताको सुविधामा डुबुल्की मारिरहेका  मन्त्री र कर्मचारीले कहिल्यै पनि नभुल्नु ।

कुनैपनि देश युवाहरु र  बिद्युत बेचेर देश कहिल्यै पनि धनी हुँदैन । युवाहरु र विद्युतलाई स्वदेशी उत्पादन बृद्धि गर्न उद्योगमा लगाएमा मात्र देशले बिकास गर्न सक्छ । यी दुबै कुरा कच्चा पदार्थ जस्ता हुन जसलाई जस्तो प्रकारले पनि उपयोग र प्रयोग गर्न सकिन्छ । यसतर्फ ध्यान पुर्‍याउन सके देशले सहि बाटो लिन सक्छ । तर त्यो भन्दा पहिला भ्रष्टाचार निमिट्यान्न पार्नुपर्छ त्यसका लागि सरकारमा बस्नेहरु लोभ लालच नभएको नियत सफा र देशप्रति समर्पित स्वाभिमानी हुनुपर्छ । 


चाबहिल सरस्वतीनगर, काठमाण्डौ
२०७९ माघ १२