विश्वकप क्रिकेट: क–कसले जिते उपाधि ?

काठमाडौं । क्रिकेट खेल्ने देशको सपना हुन्छ– विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्नु । तर, यो लक्ष्य हासिल गर्नु चानचुने कुरा होइन । किनकि क्रिकेटको जननी मानिने इग्ल्याण्डले समेत अहिलेसम्म यो उपाधि जित्न सकेको छैन । यस्तै, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, बंगलादेशले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । 

अहिलेसम्म पाँच राष्ट्रले मात्रै विश्वकपको उपाधि जित्न सकेका छन् । अस्ट्रेलियाले सर्वाधिक पाँच पटक उपाधि जित्दा वेस्ट इण्डिज र भारतले समान दुई पटक यो उपलब्धि हासिल गरेका छन् । यस्तै, पाकिस्तान र श्रीलंकाले समान एक पटक उपाधि जितेका छन् । 

उपाधि जित्ने देश 

वर्ष                    देश             

सन् १९७५            वेस्ट इण्डिज

सन् १९७९            वेस्ट इण्डिज

सन् १९८३            भारत

सन् १९८७            अस्ट्रेलिया

सन् १९९२            पाकिस्तान

सन् १९९६            श्रीलंका

सन् १९९९            अस्ट्रेलिया

सन् २००३            अस्ट्रेलिया

सन् २००७            अस्ट्रेलिया

सन् २०११            भारत

सन् २०१५            अस्ट्रेलिया