पुरस्कृत छन् देवराज घिमिरेहरू

पुरस्कृत छन् देवराज घिमिरेहरू

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ १४, २०७९

प्रिय देशभक्त नेपालीहरू !
इण्डो पश्चिमी चण्डाल चाकडीको 
राहुपाशमा बेरिएका
महाकालीका उद्दत मलामीहरू 
ओली, प्रचण्ड, शेरबहादुरहरू 
पशुपति शम्शेर, प्रकाशचन्द्र लोहनीहरू 
मेरो देशको खटन पटन
इण्डो पश्चिमी साँठगाँठले गर्ने गरेको छ । 
महाकाली जोड घटाउ घातका नाइके 
देवराज घिमिरेहरू 
भर्खरै सभामुखमा पुरस्कृत भएका छन् । 

कम्युनिष्ट एमाले कम्युनिष्ट पार्टी जस्तो छैन । 
काङ्ग्रेस काङ्ग्रेस जस्तो छैन । 
यी सबै यसबेला
इण्डो पश्चिमी गुलाममा फेरिएका छन् । 
देशको अस्तित्व सुपुर्दगी गरेर 
दलालीको पुरस्कृत खाएर 
झन्-झन् दम्भका साथ 
तथाकथित कम्युनिष्ट र काङ्‌ग्रेसको 
बर्को ओढेर 
हो ! बर्को ओढेर 
लाज र घृणा
देश द्रोहको प्र रूपमा 
रुन्चे हाँसो रुन्चे रवाफमा 
लेण्डुपे मान सन्मान खानकी खाएर 
विभिन्न ब्राण्डका नेताहरू 

पत्रकार मित्रहरू !
देशको मायाले फर्क 
यो आवरणमा देशलाई घात गर्नु हुँदैन । 
तिम्रो कलमको बिक्री बन्द गर 
भयो धेरै लोभ लालच बन्द गर 
तिम्रो स्वाभिमान बन्दगी राखेर 
भोलि आउने सन्तानलाई
शिर झुकाएर कैयौँ पुस्ता हिँड्नु पर्नेछ । 
तिमी जस्ता देशद्रोहीको निजले जन्माएकोमा
आफूलाई आत्महत्याको सजायमा उभ्याउने छन् । 

नेपाल पत्रकार महासङ्घ यसबेला
अभिभावक बिहीन भएको छ 
जिल्ला–जिल्लाका पत्रकारहरूको शिर ढलेको छ । 
इण्डो पश्चिमी को दलाली खाएर 
देशप्रति घात प्रतिघातका 
कलम चलाई रहेका छन् । 
तिम्रो देश घाती कलमका विरुद्ध
तिम्रो देशद्रोही शब्द वाणको प्रत्युत्तरमा 
आफूलाई लैस गराइ रहेका छन् । 
देशभक्त पत्रकारहरू !
तिम्रो विरुद्ध उठिरहेका छन् । 

२०७९ माघ १३ शुक्रबार

ऋतु आसीक