गणतन्त्र दिवसमा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण

गणतन्त्र दिवसमा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ १७, २०७६

कास्की । गणतन्त्र दिवसको अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीस्थित बहादुरे माध्यमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ ।

 गुड नेवर्स इन्टरनेशलन नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं नौलो घुम्ती नेपालको आयोजना तथा विद्यालयको सहकार्यमा विद्यालयमा अध्ययनरत अतिविपन्न ४१ विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको हो ।

वितरण कार्यक्रममा नौलो घुम्ती नेपालका प्रथम उपाध्यक्ष योगराज पौडेलले शैक्षिक सामग्री सहयोगले बालबालिकाको शैक्षिक गुणस्तरमा थप टेवा पुग्ने र यस्ता सहयोगका कार्यक्रम नियमित हुने बताउनुभयो । गुड नेवर्स इन्टरनेशनल नेपालका कास्की जिल्ला संयोजक टुपेन्द्र खुलाल, नौलो घुम्ती नेपालका महासचिव बद्रीविनोद खनाललगायतले शिक्षाको महत्वबारे प्रकाश पार्दै सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा समेत राख्नुभएको थियो ।  

विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले विद्यालयमा गरिएको शैक्षिक सामग्री वितरणसहित संस्थाका तर्फबाट गरिएका पुस्तकालय, सूचना तथा सञ्चार प्रविधिमैत्री शिक्षा व्यवस्थापनका लागि स्मार्ट कक्षाकोठा परियोजना, प्रारम्भिक बालविकास केन्द्रका लागि शैक्षिक सामग्री तथा तालीमजस्ता सहयोगले विद्यालयको दैनिक पठनपाठनलाई महत्वपूर्ण योगदान पु¥याएको  कुरा राससको समाचारमा उल्लेख छ ।