परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल कोलम्बो प्रस्थान

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल कोलम्बो प्रस्थान

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १९, २०७९

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज  कोलम्बो प्रस्थान गर्नुभएको छ । 
परराष्ट्र मन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेश्नल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्नुहुनेछ ।     

मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली  राजदूत बासुदेव मिश्रले  आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुहुने छ । 

यस अवसरमा उहाँले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तया भएको छ ।  

मन्त्री पौड्यालले भोली शुक्रबार  श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम तया भएको छ ।

मन्त्री पौड्याल माघ २२ गते स्वदेश  फर्कने कार्यक्रम रहेको छ ।