वीरगञ्जमा जसपाको अगुवा कार्यकर्ता भेटघाट

वीरगञ्जमा जसपाको अगुवा कार्यकर्ता भेटघाट

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २०, २०७९

पर्सा ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्जमा बिहीबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ । 

पार्टीको विधान अधिवेशन, विभिन्न पार्टीसँगको एकता प्रक्रिया र निर्वाचनमा भएको घात अन्तरघातको छानवीन लगायतका विषयमा पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट कार्यक्रम तय गरिएको हो । 

पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा सांसदहरु लालबाबु राउत, प्रदीप यादव, पार्टीका प्रदेश अध्यक्ष रामबाबु कुमार यादव लगायतका नेताहरु अतिथिको रुपमा रहेका छन् ।