परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीसँग भेट

परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीसँग भेट

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २१, २०७९


काठमाडौँ ।  परराष्ट्रमन्त्री ड।बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्नुभएको  छ । 

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नु  भएकी मन्त्री पौड्यालले गए राती त्यहाँका प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गर्नुभयो । 

श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।  

प्रधानमन्त्रीसँगको भेटअघि  परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्नुभयो।

हिजै उहाँ श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको  सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभयो। 

परराष्टमन्त्री पौड्याल आज विहानै सुर्योदयसँगै  श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी हुनुभयो  ।  

उहाँले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्नुहुनेछ ।