प्रवासी नेपाली एकता मञ्च अमेरिकाले गर्यो जिम्मेवारी बाँडफाँड

प्रवासी नेपाली एकता मञ्च अमेरिकाले गर्यो जिम्मेवारी बाँडफाँड

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २१, २०७९

नेकपा (एकीकृत समाजवादी) प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तारमा लागेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाले जिम्मेवारी बाँडफाँड गरेको छ।

प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष शंकर पन्तको अध्यक्षतामा बसेको दोश्रो बैठकले संगठनको जिम्मेवारी बाँडफाँड गर्दे क्षेत्रिय इन्चार्जहरुमा उपाध्यक्षहरुलाई  जिम्मा दिएको छ।

जसअनुसार पश्चिम क्षेत्रमा उद्धव  खनाल , मध्य पश्चिम  क्षेत्रमा सरस्वती मुखिया,  उत्तर पूर्व क्षेत्रमा सोमेन्द्र रन्जित र  डिसी मेट्रो क्षेत्र टंक कुँवर रहेका छन्। त्यसै गरेर सल्लाहाकार परिषद अध्यक्षमा डा. भरत रावल, बुद्धिजीवी परिषद अध्यक्षमा डा .रामचन्द्र बराल र  अनुशासन आयोग अध्यक्षमा राम प्रसाद ज्ञवालीलाई जिम्मेवारी दिइएको छ भने टेक्सासबाट चन्द्र पाण्डेलाई मञ्चको केन्द्रिय कमिटिमा मनोनित गरिएको छ।

मञ्चको वार्षिक कार्ययोजना निर्माण,आवश्यक आर्थिक योजना पनि निर्माण तथा अमेरिकामा प्रवासी नेपाली एकता मञ्चलाई सङ्गठनको सवालमा अब्बल बनाउने बैठकले निर्णय गरेको महासचिव युवराज खनालले बताए।