उर्लाबारीको प्रादेशिक महोत्सवको उछृङ्खल प्रस्तुती: आयोजकको स्वार्थ कि कलाकारको ?

उर्लाबारीको प्रादेशिक महोत्सवको उछृङ्खल प्रस्तुती: आयोजकको स्वार्थ कि कलाकारको ?

रिकेश बिश्वकर्मा(क्षितिज)  |  लोकरञ्जन  |  माघ २४, २०७९

देशभर विभिन्न खालको महोत्सवको आयोजनाहरु भइरहेका छन् । यस्ता महोत्सवहरूमा मुख्य हुने गरेको छन्  आकर्षण हुने गरेको छन् विभिन्न कलाकारहरूका प्रस्तुतिहरू । यस्ता कलाकारहरुको महिनौं दिनदेखि  प्रचार-प्रसार गर्ने गरिएको पाइन्छ । 

भनिन्छ, कलाकार देशको गहना हो । तर कतिपय कलाकारहरूका प्रस्तुतिले गहना होइन कलाकार 'गन्ध' हुन भन्ने सन्देश दिइरहेका छन् । पहिलेका पुराना गीत सङ्गीतले यो देशको कथा व्यथा माटो मायादेखि भूमिप्रति आफ्नो प्राणलाई त्यागेको गीतहरु गुन गुनाउँथे। अझै ती पुराना गीतहरु सुन्दा नेपाल र नेपालीत्वको छुट्टै आभास मिल्ने गरेको छ । 

तर  अहिलेका कतिपय कलाकारहरुले  म को हुँ ? र मैले कस्तो सृजना गरेर समाज र देशलाई कस्तो प्रभाव पार्छ ? भन्ने कुरालाई नठम्याइ मनलाग्दी गर्नाले कलाकारिताको परिभाषालाई नै बदलि दिएकाे छ । पछिल्लो समय  त्यसको ज्वलन्त उदाहरण बनेकी छन्  गायिका ज्योति मगर  ।

छोटा कपडा र अर्धनग्न शरिर हल्लाउँदै चर्चामा आएकी मगरको गीतहरु बजारमा धेरै छन्।  तर उनका कतिपय गीत त बन्द पनि गर्न लगाइएको थियो । केरा काटेर भन्ने बोलको गीतमा ज्योती मगरले अश्लीलता नै  देखाएकी थिइन ।

नेपाल, भारत र पाकिस्तान लगायत देशका ज्ञान बिज्ञान र उत्पादनसँग सम्बन्धित स्टल रहने भनिएको महोत्सवमा फगत भल्गर प्रस्तुती देखाउने र  देखाउन लगाउने आयोजकले के के राम्रो गरेका छन् ? स्वदेश तथा विदेशमा के सन्देश दिन खोजेका हुन ? यस्ता प्रस्तुतिले एकछिन स्टेज त  तताउला तर कलाकारिता प्रति अनास्था फैलाउनुका साथै  आयोजकहरूको नियतमाथि भने  गम्भिर प्रश्न उठ्ने गरेका छ । 

 नेपाली समाजमा नपच्ने खालका  लाज सरम बाट टाढा रहेकी मगर सधै दोहोरो अर्थ लाग्ने अश्लील शब्द आम मिडियाबाट बोल्दै  र गीतहरु गाउँदै आएको कुरा प्रष्टसँग सुन्ने  गरिएको छ ।

हिजो आइतबार उर्लाबारी उद्योग बाणिज्य संघले उर्लाबारीमा आयोजित प्रादेशिक महोत्सवमा पनि ज्योतिले भद्दा र उछृङ्खल नृत्य देखाउने कार्यले निरन्तरता पाएको प्रत्यक्षदर्शीले पुनः गुनासो गरेका छन् । यस्तो उछृङ्खल प्रस्तुति गर्न आयोजकको स्वार्थ कि कलाकारको स्वविवेक?  धेरै ठाउँका दर्शकहरु गुनासो गर्छन आयोजकहरु भन्छन्- यस्तो गल्ती गर्दैनौँ । फेरी उनै कलाकारलाई बोलाउँछन् । किन यस्ता कलाकार बोलाउने गर्छन आयोजकहरुले ? उर्लाबारी उद्योग बाणिज्य संघले आयोजक र उर्लाबारी नगरपालिका संरक्षक रहेको प्रादेशिक महोत्सव के उछृङ्खल कलाले वास्तविक कलालाई बिट मार्दैन ?  लोक समाज हितको लागि भन्दा पनि अङ्ग प्रदर्शन गरेर पैसो झार्ने मात्र उद्देश्य राख्नु कति जायज छ ?