सिङगापुर प्रहरीमा कार्यरत सेमिहाँङ सिंगकको नयाँ गीत सिर फूल सार्वजनिक (भिडियोसहित)

सिङगापुर प्रहरीमा कार्यरत सेमिहाँङ सिंगकको नयाँ गीत सिर फूल सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २५, २०७९

गायक तथा सङ्गीतकार सेमिहाँङ सिंगकको  नयाँ गीत सम्याङफुङ २ ( सिर फूल २) सार्वजनिक सार्वजनिक गरिएको  छ ।

लिम्बु संस्कृती लाई आधार मानि तयार पारिएको गीत मा   सेमिहाँङ सिंगकको शब्द, सङ्गीत र स्वयम्सेमिहाँङ सिंगक र सुनीता थेगिमको स्वर मा रेकड भएको गीतको भिडियो सार्वजनिक भएको हो । देबेश राईको एरेञ्ज रहेको गीतको रेकर्डिङ, ए वान म्युजीसियन रेकर्डिङ स्टुडियोमा रेकड़िस राजेश श्रेष्ठ र मिक्सिंङ किशोर थापा थापाले गरेका हुन्। गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेमिहाँङ क्रिएस ’ मार्फत् सार्वजनिक गरिएको हो  ।

भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन रहेको गीतको भिडियोमा सेमिहाँङ सिंगक, रेखा लिम्बु, प्रेम लिम्बु, मौसम इम्बुङ (फुलेंदेको बाबु ) सोना सिंगक,पंच लावतीको अभिनय रहेको छ । भिडियोमा भुपेन्द्र तुम्बाहाम्फेको छायांकन र अनिल राना सम्पादन र रेनिस फागोको कलरिङ गरेका हुन् । गीतको सम्पूर्ण भिडियो छायांकन धरान आसपासमा गरीएको छ ।

तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा ३ मा जन्मिनु भएका गायक, सङ्गीतकार तथा गीतकार सेमिहाँङ सिंगकको, बिगत एक दशकदेखि सिङगापुर प्रहरीमा कार्यरत हुनुहुन्छ । कार्य व्यस्तताका बीच समयलाई सदुपयोग गर्दै उहाँले नेपाली गीत सङ्गीतमा आफूलाई समर्पित गर्दै आउनुभएको छ । हालसम्म एक दर्जन गीतमा स्वर र गीत लेख्नु भएका उहाँले तीन दर्जन गीतमा सङ्गीत भरिसक्नु भएको छ ।

सेमिहाँङ सिंगकको नयाँ गीत सम्याङफुङ २ ( सिर फूल २) यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ ।