विमानस्थल सुधारमा मन्त्री किराती

विमानस्थल सुधारमा मन्त्री किराती

लोकसंवाद संवाददाता  |  पर्यटन  |  माघ २६, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो पटक अनुगमन गरेका छन् । अनुगमनका लागि बिहीबार बिहानै साढे ५ बजे विमानस्थल पुगेका थिए मन्त्री किराती । उनले विमानस्थलमा सुधार भएको छ वा छैन भन्ने विषयमा स्थलगत अनुगमन गरेका हुन् ।

विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको मन्त्री किरातीले बताए । यो नै पूर्ण सुधार नभएको तर क्रमिक सुधार भएको भन्दै यसबाट आंशिक सन्तुष्ट भएको उनको भनाइ थियो । उनले एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद दिए ।

एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई सहज बनाउने अपेक्षासमेत मन्त्री किरातीले व्यक्त गरे ।

मन्त्री किरातीले ५०० ट्रलीको मूल्यांकन गरी आर्थिक प्रस्तावनासमेत तयार गर्न निर्देशन दिएका छन् ।