पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी

पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २८, २०७९

कास्की ।   पोखरा स्थित लेक साइडको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लन चोकमा रहेको सेलवेज टावरका अन्डर ग्राउण्डमा विद्युत सर्ट भइ आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ

पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् ।

 आगलागी नियन्त्रणका लागि वारुणयन्त्रसहित सुरक्षाकर्मी र स्थानीय लागिपरे पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैङ्कको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटिएम मेसिनसमेत छन् । सेलवेजमा आगलागीपछिसँगैका पसलहरूबाट व्यापारीहरूले सामान बाहिर निकालिरहेका छन् ।