'तिमीसँग तस्बिर खिच्दा बातै लागे लागोस्.‍‍‍‍..' बोलको गीत रचना गर्भमा मुटु थरथराउने तस्बिरका सन्दर्भहरू

'तिमीसँग तस्बिर खिच्दा बातै लागे लागोस्.‍‍‍‍..' बोलको गीत रचना गर्भमा मुटु थरथराउने तस्बिरका सन्दर्भहरू

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  माघ २९, २०७९

'तिमीसँग तस्बिर खिच्दा बातै लागे लागोस्                          
तिमीलाई भेट्दा दुनियाँले कारण मागे मागोस् ' 

यो गीत २०७७ सालमा गायक भगवान् चामलिङले गाउनुभएको थियो। मधुर संगीतको कल्पना राजकुमार बगरले गर्नुभएको थियो । गीतमार्फत जोसिला  स्रष्टाहरूसँग जोडिने अवसर पनि मैले प्राप्त गरेको थिएँ ।  मेरा लागि जीवनको अर्को महत्वपूर्ण सुखद क्षण छँदै थियो ।  स्रष्टा अमर हुन्छ बरु राजनीति विरोधाभास भएर मर्छ ।  आफ्नो भौतिक शरीर समाप्त गर्न गर्छ ।  सिर्जनासँगै मान्छे अमर जीवत्व प्राप्त गर्छ । यो गीतमार्फत स्रष्टा माझ बाँचेको  छु भन्ने महसुस हुन्छ । 

गीतको रचना कालको कुरा उठाउँदा खासै अमूर्त घटना विशेष केही छैन ।  अपितु केही अविस्मरणीय मनभित्र लुकेका रमाइला अनुभूति छन् । अर्थहीन जीवन कसको हुन्छ र ? मात्र समवेदना फरक हुन्छ । जीवन अनेक पल घट्ना विशेषसँग अन्तर्निहित हुन्छन । देखेर, हेरेर मनभित्रका  समवेदना भौतिक रुपले आत्माभित्र स्पर्श गर्छ । त्यसले लेखकलाई कल्पनाको जहाजमा उड्न सहज गराउँछ । अचानक देखेको सानो सुन्दर दृश्यले हात समातेर लेख्न अनुरोध गर्छ । अभिव्यक्त नगरेसम्म दृश्यले लखेटिरहन्छ । सुन्दर स्पर्शले तरंगित भएर गीत लेखिएको छ  ।

महत्वपूर्ण घटनाले यो गीत मबाट आविष्कार भएको छ । सम्झँदा आफैंभित्र  आनन्दको सागरभित्र हराएको पाउँछु ।   सायद ! अन्य गीतले मलाई यति रोमाञ्चित बनाएको थिएन .। तर ,कसैसँग तस्बिर खिच्नु अनाहकको आरोप आउने सम्भावना नबुझेको पनि होइन । नखिची नहुने परिस्थिति पनि नबुझेको होइन । 

यात्रामा लाखौं मानिस भेटिन्छन् । लाखौं घुम्ती काटिन्छन् ।कहिलेकाहीं देखिएको  मानिसले अचानक आकर्षण गर्दछ । यो मानिसको प्राकृतिक विशेषता पनि हो । मलाई मानिसको आँखाले प्रभाव पार्छ । आँखा भित्रको  अनौठो भाषाले अनुहारमा  बोलिरहेको हुन्छ । आँखाको गहिरो नजरले काव्यिक अर्थ खोल्छ । हत्तपत्त सुन्दर प्रकृति नदेखिएला त्यो क्षमता उसैसँग हुन्छ सायद जससँग प्राकृतिक चेतना सलवलाई  रहन्छ ।

 एकपल्ट मैले एउटी युवतीको सुन्दर आँखा अचानक देखेको थिँए ।  त्यो सुन्दरता यहाँ बताउन असमर्थ छु । मेरो काव्यिक चेत भित्र  प्रभाव अरुका  आँखाले पारेको थिएन् ।  जसको अनुभूतिको एक झङ्कारले यो गीत लेख्न प्रेरित गरायो । यो लेखिरहँदा पनि उनको आँखाको निलो गहिराइ देखिरहेछ ।  म डुबिरहेछ  ।  हुन त धेरै सुन्दर मानिसका आँखा मैले आफ्ना यात्राहरूमा नदेखेको भने होइन ।  नबोलेको पनि होइन । नचिनेको पनि होइन । आँखाको भाषा नबुझेको पनि होइन ।  एकपल्ट झापा तीरकी एउटी मेरी विद्यार्थी थिइन् त्यस्तै  कमैले उनको आँखा मन पराउँथे तर मैले औधी खुलेको देख्थेँ । 

कविलाई कुनै ठुलो विशेष घटना चाहिँदैन । झिनो कुराले छुन्छ अनि स्रष्टाले लेख्छ । कुनै कुरा अभिव्यक्त गर्छु भनेको आधारमा लेख्न सकिदैन  । मानव शास्त्रीले भने जस्तो अमूर्तता चाहिं प्राकृतिक शक्ति र आत्मा हो । अमूर्तताले लेख्न जटिल परिस्थितिमा पनि आग्रह गरिरहन्छ  । यस्तै त्रासद भित्रको आग्रहले यो गीत लेखिएको हो ।  अर्काको सुन्दरता भित्र नाङ्गो खेलेर  लेख्नु भनेको आफ्नै लागि ठुलो जोखिम हो । न कि कविले जबर्जस्त कुनै आत्मासँग तस्बिर खिच्ने प्रयास गरेर असफल बनेको होस् ।   सुन्दरताले उल्टो कविलाई आफ्नो बयान गर्न आग्रह गरिरहन्छ ।  लथालिंग बनाउँछ । स्रष्टाले बेहोस्मा आफ्नो गोप्य कुरा देखाउँछ । 

मैले डिलिट गर्नुभन्दा पहिले निक्कै बेलिबिस्तार गरे ।  तर,केही हुनेवाला थिएन । मुद्दा लाग्ने कुनै काम गरेकै होइन ।  त्यो कार्यक्रमकै महत्वपूर्ण फोटो थियो ।  अलिक ल्वांठे, सोझो ,इमान्दार मेरो मनमा ठेस त भयो  । तर स्वाभाविक ठाने ।  मेरो संसार नै उनी भएकीले कतै बादल परेको देख्ने सम्भावना हुँदैन थियो ।  अन्यथा अध्यारो कोठामा म कसरी बाँचूँ । महिलाहरुको मनोदशा योभन्दा पहिले बुझेको थिइनँ ।  बुझ्ने मौका पाएँ । मेरो जीवनको यो विशिष्ट र डरलाग्दो अनुभव थियो ।

 कसैसँग  तस्बिर खिच्न झन जटिल परिस्थितिको भयानक युद्ध हुन्छ होला  । देख्नेले सुन्दरतासँगै असुन्दर दृश्यको  पाटो देख्छन् ।  यो झन् खतरा आइ लाग्छ । साथीभाइसँग तस्बिर खिचेको निहुँमा श्रीमतीले लोग्नेको हुर्मत लिएको जटिल परिवेश समाजमा यदाकदा देखिन्छ । लोग्नेले अनेक शंका गरेर श्रीमतीसँगको गहिरो नाता तोडेका  घटना पनि प्रशस्तै देखिन्छ ।  सम्बन्ध गम्भीर मोडमा अल्झेको सुन्छौं ।  झन् आजको पुँजीवादी मोबाइलले ल्याएको मायाको अदभूत त्रासद समस्या कति हुन्  कति ?  एकपल्ट मेरो गाउँको नाताले भाइ पर्नेले स्वास्नीलाई गाली गर्दै मलाई सुनायो-दाजु ! यसले एक वर्ष अगाडि मधेसबाट मोवाइल किनेर ल्याएकी थिई । मोबाइलले गर्दा छोरी सात डाँडा काटेर कुन्नि को केटासँग  हिँडी ।  मोबाइलमा हिजोसम्म तस्बिर त्यही केटाको देखाउँदै थिइन् रे ! त्यसबेला के भन्नु म दोधारिएको थिएँ ।

आत्मीय भएर काठमाडौँ बसेका एक जोडी पूर्वेली भाइबहिनीको यस्तै तस्बिरको कारणले बेलाबेला लफडा चलिरहन्छ ।  अफिसका साथीहरुसँग  खिचेका  तस्बिर हेरेर लोग्नेले झगडा गर्छ भनेर ती बहिनी रुँदै सुनाउँछिन् - हामीले लोग्ने स्वास्नीको तस्बिर झगडा मौन सुनेको निकै खेप भयो । जमाना आधुनिक पूँजीवादले मान्छेको बैंस, मनदेखि तस्बिरसम्म खिचेर पैसा कमाएको छ ।  कहीं कतै तस्बिर स्वाभाविक खिचिन्छ नै ।  यस्तै जीवनका तीता मिठा अनुभवबाट मेरो गीतको आविष्कार भएको हो ।  मेरो आशय हो, स्रष्टा कुनै कृतिको देवत्व हुन सक्दैन ।  कुनै दृश्यलाई देखेर जसरी अनुभूत गर्छ  । आफ्नो रचना कलात्मक बनाउँछ । गीतभित्र मायाका पानाहरू यस्तै आँसुका भेलहरू, सुन्दर नयनहरू मुस्कान थाहै नपाई चोरेर सुरक्षित राख्ने प्रयास गरेको छु । जसले बारम्बार मलाई कहीं लेख्न निवेदन गरिरह्यो । नलेखेसम्म एकान्तमा खेदिरह्यो । 

यस गीतको अर्को आधार नेतासँग  खिचेको तस्बिरसँग  पनि जोडिएको  छ । नेताको क्रेज समाजमा ठुलै हुन्छ । नकरात्मक कुरा पनि त्यति नै हुन्छ ।  टीकाटिप्पणी अनावश्यक असहज धेरै हुन्छ ।  मलाई मन पर्दैन यस्तो कुरा ।  नेतासँग  तस्बिर खिच्नु भनेको कहिलेकाहीं अनावश्यक टिकाटिप्पणी खेप्नु पनि हो ।  के के न भयो ।  खाने भयो ।  जस्ता दुरूह बात र आरोप लाग्ने गरेको धेरै घटना सुनेको छु ।  मान्छेहरु  हेर्दा जति सुन्दर देखिन्छ ।  त्यति नै खराब पनि हुन्छ ।  देउता ढोगेर मान्छे मार्ने हतियार माग्छ ।  अर्कालाई उडाएर दिन काट्ने  मान्छेको कमी छैन ।  हर्कोभिट (cultural Anthropology) भन्छन - ' आजको आधुनिक मान्छे चार खुट्टे जंगली बाँदरबाट बिस्तारै दुई खुट्टाले हिँड्न सिकेर विकसित भएका हुन् ।'  होला र त मान्छे कहिलेकाँही बाँदरको आचरण देखाउँछन् । 

सात वर्ष अगाडि उपराष्ट्रपतिसँग कार्यालयमा खिचेको तस्बिर लुकाएर राखेको छु ।  उपराष्ट्रपति राष्ट्रपति पदको सम्मान प्रजातान्त्रिक समाजमा उच्च छ । हाम्रा राष्ट्रपति, उपराष्ट्रपति कस्ता महलभित्र बस्छन् । मलाई हेर्ने मन थियो । दिल्लीको राष्ट्रपति भवन विशाल देखेर म दंग भएको थिएँ ।  एकदिन फुर्सद भएको मौकामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई  भेट्न गएँ । हप्ता दिनसम्म समय छैन भन्ने राष्ट्रपति कार्यालयबाट उत्तर पाएँ । त्यसपछि लुरुलुरु उपराष्ट्रपति कार्यालय पुगें ।  जाना साथ सैनिकहरुले कडा रुपले चेक गरेर फटाफाट मलाई प्रवेश गर्ने अनुमति दिनुभयो ।  परिचय गर्ने अवसर तुरुन्त पाएँ ।  मभन्दा पहिले अष्ट्रेलियन राजदूतले भेट्ने कार्यक्रम रहेछ ।  बाहिर कुरिरहेको थिएँ अचानक मलाई अस्ट्रेलियन राजदूत र उपराष्ट्रपतिको बैठक कोठामा कार्यालयका उच्च सरकारी सचिवले भित्रबाट बोलाउनुभयो ।  असामान्य जसले  म हिचकिचाए ।  दुई पल्ट अनुरोधपछि महामहिमको बैठक कोठाभित्र छिरे । 

 विदेशी राजदूत र उपराष्ट्रपति सुन्दर टेबिलको  आम्नेसाम्ने बस्नुभएको थियो ।  दुवै जनाको अगाडि सुन्दर टेबिलमा चिया कप राखिएको थियो ।  अर्को लाइनमा सरकारी स्तरबाट चार विशिष्ट मान्यजन होसियार साथ केही टिपोट गर्न बसेका थिए । उतै लाइनको सिटमा लुसुक्क बसें ।  के हुँदै छ ? मलाई अनौठो लाग्यो  । मबाट केही गल्ती भएको छैन ? मनमा सोचेर बसेको मात्र थिएँ । उपराष्ट्रपतिले आफूतर्फ आएर नजिकको सिटमा बस्ने इसारा दुई पल्ट गर्नुभयो । सचिवले पनि मलाई जान आग्रह गर्नुभयो ।  अप्ठ्यारो मान्दै छेउमा रहेको सुन्दर कुर्सीमाथि बसें ।  मलाई हेर्दै उपराष्ट्रपतिले भन्नुभयो -'अब कुरा सुरु गरौं' ।

अनि थाहा पाएँ  'यहाँ केही ठुलो गडबडी भयो ' । मैले केही बोल्ने कोसिस गरिनँ ।  विदेशी विशिष्ट व्यक्ति  सामुन्ने  बसेका थिए ।  देशको कार्यक्षमतामा डरलाग्दो कमजोरी त देखियो ।  अब बेइज्जत पनि हुनसक्थ्यो ।  ठिकै छ परिस्थितिको कुरा बुझेँ  ।  मैले ठुलो अवसर पाएँ- अब राम्रोसँग दोभासे गर्छु  । मैले  आत्मविश्वास कसेर तयारी भएँ ।  मैले उपराष्ट्रपतिलाई हेरेर बोल्न आग्रह गरें । नेपाली भाषामा बोल्नुभएको, अंग्रेजीमा बडो फुर्तिलो लयमा उल्था गरेर बोलें । मेरो लागि जीवनको महत्वपूर्ण अवसर थियो त्यो ।  यो मौका  जमाउन चाहन्नथे ।  कुरा करिब आधा घन्टामा सकियो । राजदूतले मलाई धन्यवाद भने अनि पर्सिपल्ट हुने याक एन्ड यति होटलको कार्यक्रममा निम्तो दिएर बिदा भए उनलाई काम सकिएपछि मेरो व्यक्तिगत परिचय बताएको थिएँ ।  नबोली उपराष्ट्रपति पनि आफ्नो अर्को कार्यकक्षतर्फ छिर्नुभयो  गहन काम अचानक आइ लागेकोमा मेरो मन खुसीले सगरमाथा छोएको थियो । 

उपराष्ट्रपतिले मलाई भेट्न भित्र बोलाउनुभयो ।  मेरो परिचय दिएँ । आश्चर्य मानेर मुस्कुराउँदै उपराष्ट्रपतिले भन्नुभयो- 'होइन अघि तपाई परराष्ट्रबाट आउनुभएको सम्झेको थिएँ । तपाईँ मलाई भेट्न आउनु भएको भनेर  अहिले चाहिं बोलाएको हुँ ।  तपाई  नै पो हुनु हुँदो रहेछ ।  सचिवले के काम गर्छन हँ  ?' केही मिनट बोल्नुभएन । त्यसपछि उपराष्ट्रपतिले थोरै मुस्कानमा भन्नुभयो - धन्य आज तपाईले काम चलाई दिनुभयो ।  इज्जत बच्यो । नभए के हुन्थ्यो  ल बस्नुस् !?  म अगाडिको सोफामाथि रवाफले बसें .

मैले होसियार साथ भने -  हो ! उपराष्ट्रपति ज्यू , यो निकै  ठुलो लापरबाहीको दुर्घटना हो । मैले अवसर पाए हजुर । देशका लागि अचानक काम गर्ने मौका पाएँ ! म त उपराष्ट्रपति ज्यूलाई धन्यवाद टक्य्राउन चाहन्छु ।

त्यसपछि मेरो परिचय बताएँ ।  हिँड्ने समयमा त्यहाँ महत्व पूर्ण मान्छे ठानिए मा फोटो खिच्ने चलन रहेछ ।  म जस्तो सामान्य मान्छेसँग तस्बिर खिच्न क्यामेरा मेन बोलाउनुभयो जीवनमा नसोचेको सफलता पाएँ ।  आज त्यो अदभूत समय जुरेकोमा दंग भएर निस्केको थिएँ । म घर नपुग्दै फोटो मेरो इमेलमा पुगेको रहेछ । मेरो लागि यो तस्बिर कुनै बहुमूल्य धातुभन्दा महँगो भएर मनमा बसेको छ। आज फेरि उपराष्ट्रपति नन्दकिशोर पुनको शालीनता प्रति आभार प्रकट गर्दछु ।  स्मार्ट फुर्तिलो शालीन व्यक्ति मेरो नजरमा बसेको छ ।  जस्तो सोचेर गएको थिएँ त्यो भन्दा उच्च स्थान उल्टो पाएँ । यस्तो घटना जो कोहीको जीवनमा विरलै हुन्छ होला  उच्च तहमा भएको लापरबाहीले देश पनि डुब्छ होला ।  म बाहिर निस्कदा परराष्ट्रका दुई अधिकृतहरु सचिवको कोठामा चिया पिउँदै थिए ।  मलाई हेर्दै भनेका थिए - जे होस् ! सरले काम चलाई दिनुभयो । हामी आउन अलिक ढिलो भयो  ।

धेरै वर्षपछि यो तस्बिर देखाउँदै छु ।  आब त समय पनि त उपराष्ट्रपति नन्दकिशोर पुन ज्यूको सकिन लाग्यो नि ! यो कुरो खोल्दा केही अप्ठ्यारो बात नपर्ला भन्ने मेरो ठहर छ  ।

शंका खतरा हतियार हो ।  म कसैलाई नकारात्मक टिप्पणी गर्न सक्दिनँ । मलाई गरेछन् भने पनि थाम्न हत् पति सक्दिनँ ।  प्रायः साथीहरुले पनि सजिलै भन्न सक्छन् - वा ! निकै फोटो फलनासँग खिचिए छ नि ! के छ त्यस्तो । ल ल मस्ती छ ।  कुरो केही घटनासँग जोडिएको हुँदैन तर ठटाइ खतरामा परिणत हुनसक्छ ।  सिधा देख्ने आँखाले  एकै समय बाङ्गो देख्न थाल्छ । मलाई कसैसँग खिचेको तस्बिर प्रायः देखाउन कसो कसो खतरा लाग्छ ।  अझ उपराष्ट्रपति ज्यूसँग खिचेको तस्बिर देखाउन कसो कसो पिर लागेको थियो । 

प्रस्तुत मेरो गीतको आविष्कारमा अन्य केही ससाना घटना नजोडी रहन सक्दिनँ  ।

कुनै पिकनिक, कार्यक्रम,भेटघाटमा तस्बिर त कोही कसैसँग खिच्न सकिन्छ । सम्झनाका  लागि तस्बिर खिच्ने लोभ सबैलाई लाग्न सक्छ । यस्ता तस्बिर अझ लोग्नेले देखे अथवा श्रीमतीले शंका गरे कल्पना गर्न नसकिएला रु के हुन्छ भनेर । उड्दै गरेको चरा अकस्मात सिकारीले हानेर झरे जस्तै खतरा हुनसक्छ होला ? त्यसबेला कसले उठाउने ? कसले बचाउने होला ? मर्नु बाहेक अर्को परिस्थिति हुँदैन ।  युरोपको समाजमा दस पल्ट सम्म विवाह  गर्नु पर्ने कारण यस्तै हो । कसैले पनि दुई पल्टदेखि अर्को  विवाह पक्कै रहरले गर्दैन ।  धेरै विवाह गर्नु पनि त जीवनकै जोखिम हो ।  आधुनिकताले समाजलाई नजानिँदो अप्ठ्यारो पारेको छ ।  आधुनिकता सजिलो मात्र छैन । 

एकपल्ट यस्तै तस्बिर लिने दिने क्रममा एक मित्रले कार्यक्रम समाप्त भएपछि प्वाक्क भनेका थिए -'जसले जे सुकै भनोस् म पनि तस्बिर खिच्नु पर्ला । मरेर लानु के छ । हाम्रो गाउँमा फोटो खिचेपछि छिट्टै मरिन्छ भन्छन् । जे परे परोस् ।

सबै मान्यजन गलल हासें ।  कुरो ठिकै हो ।  सबै भद्रजनले बनिएर फोटो खिचे । मैले पनि उभिएर हलभित्र तस्बिर खिचाए । उत्साहित भएर मोबाइलले तस्बिर खिचे ।  बौद्धिक, सारगर्भित र समसामयिक कार्यक्रम अत्यन्त सभ्य र भव्य भएको घोषणा गर्दै ठुलो हलबाट साँझ सबै छुट्टियौँ ।  कार्यक्रमको अध्यक्ष भएकाले प्रसन्न भएर तुरुन्त घरमा आएँ । श्रीमतीलाई तस्बिर देखाएँ । उनले सबै फोटो हेरेपछि अलिक असहज स्वरमा भनेकी थिइन् - 'कवि जी ! सबै फोटो राम्रो छ ।  यो फोटो भने मलाई मन परेन । तस्बिर एक अग्रणी सज्जन विशिष्ट महिलासँग खिचिएको थियो । बात लाग्ने मैले हेक्का राखेको थिइनँ ।  मुद्दा पर्ला जस्तो परिस्थिति देखियो । मलाई आगोले एकै पल्ट पोल्यो । अनायास मन थरथर भएर आयो ' । 

प्रशंसा पाउला भनेको उल्टो त्रासको ठुलो पहिरोले एकै पल्ट पुरेको अनुभव भयो । साथीको हुइँय्याले गर्दा अलिक फोटो खिच्न मलाई हौसाइएको थियो ।  मैले डिलिट गर्नुभन्दा पहिले निक्कै बेलिबिस्तार गरे ।  तर,केही हुनेवाला थिएन । मुद्दा लाग्ने कुनै काम गरेकै होइन ।  त्यो कार्यक्रमकै महत्वपूर्ण फोटो थियो ।  अलिक ल्वांठे, सोझो ,इमान्दार मेरो मनमा ठेस त भयो  । तर स्वाभाविक ठाने ।  मेरो संसार नै उनी भएकीले कतै बादल परेको देख्ने सम्भावना हुँदैन थियो ।  अन्यथा अध्यारो कोठामा म कसरी बाँचूँ । महिलाहरुको मनोदशा योभन्दा पहिले बुझेको थिइनँ ।  बुझ्ने मौका पाएँ । मेरो जीवनको यो विशिष्ट र डरलाग्दो अनुभव थियो ।  म कहिले पनि बिर्सन सक्दिनँ ।

त्यसपछि कुनै पनि महत्वपूर्ण कार्यक्रमा मात्र होइन । कुनै तस्बिर सामूहिक खिच्न परेछ भने प्राय  सतर्क हुन्छु ।  मनभित्र त्रासले झस्किन्छु । टाउकोमा चट्याङ परे जस्तो हुन्छु 

यस्ता तीता मिठा कुराहरु प्राय: मेरा जीवनका गीत हुन्छ  एक मित्रले आजभन्दा पन्ध्र वर्ष अगाडि दिक्तेलबाट प्रकाशित हुने पत्रिकामा लेख्नुभएको थियो - विष्णु राई जीवनको गीत लेख्नु हुन्छ ।  लाग्छ, म मानिसको कथा गीतमा लेख्ने प्रयास गर्छु ।  दुःख बिर्सन संसारमा प्रेमलाई लगेर भुलाइदिन्छु ।  म पनि यो लेखिरहँदा आफ्ना चोटहरू बिर्सिरहेछ ।   यस्तै प्रयासको एउटा कथा हो यो प्रस्तुत गीत  अन्त्यमा मेरा जर्रो  शब्द गीतमा परिणत गरेर संसारलाई सुनाउनु भएकोमा बगर,भगवान चामलिङ प्रति आभार प्रकट गर्दछु । 

गीत युट्युबमा यहाँ क्लिक गरेर  सुन्न सकिनेछ

 धन्यवाद ।